बारामा बाम गठबन्धन कमजोर, मधेशवादी दलकै दबदबा

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
६२ पटक हेरिएको
Shares
बारामा बाम गठबन्धन कमजोर, मधेशवादी दलकै दबदबा

सारांश

  • २४ मंसिर, बारा ।
  • बाराका ८ प्रदेशसभा मध्ये (क) क्षेत्रका सबै स्थानको टुंगो लागेको छ ।
  • मतपरिणाम अनुसार बाम गठबन्धन ३ वटा स्थानमा र संघीय समाजवादी फोरम १ स्थानमा विजयी भएका छन् ।

२४ मंसिर, बारा । बाराका ८ प्रदेशसभा मध्ये (क) क्षेत्रका सबै स्थानको टुंगो लागेको छ । मतपरिणाम अनुसार बाम गठबन्धन ३ वटा स्थानमा र संघीय समाजवादी फोरम १ स्थानमा विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ को क मा बाम गठबन्धनका त्रिलोकी चौधरीले जित हासिल गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका पेमासिद्धि लामालाई करिब १९ सय मतअन्तरले पराजित गरेका हुन् ।

यसैगरी, निर्वाचन क्षेत्र नम्बर २ को (क) मा संघीय समाजवादी फोरमका शारदाशंकर जयसवालले कांग्रेसका रामप्रवेश यादवलाई फराकिलो मतले पराजित गर्दै विजयी हासिल गरेका छन् ।

जयसवालले १६ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यादवले ८ हजार १ मत प्राप्त गरी पराजय बेहोरेका छन् ।

जयसवाल यसअघिको स्थानीय तहको निर्वाचनमा महागढीमाई नगरपालिकाबाट मेयर पदको उम्मेदवार थिए । त्यसबेला संघीय समाजवादी फोरम र राजपाले अलगअलग उम्मेदवार उठाएकाले हार व्यहोरेका थिए ।

यस्तै, ३ को (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह कांग्रेसका रामानन्द यादवलाई फराकिलो मतान्तरले हराउँदै विजयी भएकी छिन् ।

उनी २०६४ सालमा सामानुपातिक तर्फबाट सभासद् थिइन् । २०७० को संविधानसभामा प्रत्यक्ष उम्मेदवार हुँदा कांग्रेसबाट पराजित बेहोरेकी थिइन् । शाहले ११ हजार ७ सय ७१ मत प्राप्त गरेकी छिन् । उनकी निकटतम कांग्रेसका यादवले १० हजार १ सय ४७ मत प्राप्त गरेका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार सुन्दर विश्वकर्माले ३ हजार ४ सय ४७ मतअन्तरले कांग्रेसका आमकृष्ण कार्कीलाई हराउँदै विजयी भएका छन् । विश्वकर्मा एमालेका जिल्ला अध्यक्ष हुन् । उनले ११ हजार ७ सय ७० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले ८ हजार ३ सय २३ मत ल्याएर चित्त बुझाएका छन् ।

क्षेत्र नम्बर २ संघीय समाजवादीको किल्ला, बाम गठबन्धन कमजोर

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव प्रतिनिधि सभा सदस्यका लागि ठुलो मतान्तरले विजयी भएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ बाट उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेचन्द यादवलाई १२ हजार ३ सय ९५ मतको फरकले पराजित गर्दै विजयी भएका हुन् । उनले २८ हजार १ सय ८५ मत ल्याए भने राधेचन्दले १५ हजार ७ सय ९० मत ल्याए ।

उनी संविधानसभाका सामानुपातिक सभासद् समेत बनिसकेका व्यक्ति हुन् । जिल्लामा इमान्दार नेताको छवि बनाएका रामसहायले दुई कार्यकाल जिल्ला पार्टी सभापति र दुई पटक निर्वाचित सांसद् भइसकेका कांग्रेस नेता राधेचन्दलाई पछाडी पारेका छन् ।

यसैगरी, बारा क्षेत्र नम्बर ४ बाट राजपाका एकवाल मिया निर्वाचित भएका छन् । उनले बाम गठबन्धनका उम्मेदवार देवनारायण थारुलाई १ हजार ६ सय ६८ मतअन्तरले पछाडी पारेका हुन् ।

सुरुवात देखिनै अग्र स्थान लिएको बामगठबन्धनका देवनारायण थारुलाइ पछि पार्दै उनले २२ हजार २ सय ७५ मत प्राप्त गरेर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी रहेका बामगठबन्धनका देवनारायण थारुले २० हजार ६ सय ७ मत प्राप्त गरे भने कांग्रेसका लालबाबु सिहले १४ हजार ५ सय १६ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा मधेशबादी दलकै दबदबा

बारामा क भागका चार वटा प्रदेशसभाका स्थान मध्ये तीन वटामा बाम गठबन्धनले जित हासिल गरिसकेपनि प्रतिनिधिसभाका उम्मेदवार बीच भने मधेशवादी दलसँग कडा प्रतिस्पर्धा देखिएको छ ।

बारा क्षेत्र नम्बर १, बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार अच्युत मैनालीले सुरुवाती अग्रता लिएपनि कांग्रेसका पूर्वमन्त्री समेत रहेका उमाकान्त चौधरीको अग्रता देखिन थालेको छ भने राजपाले पछ्याइरहेको छ ।

यता, क्षेत्र नम्बर ३ मा पनि बाम गठबन्धनका अध्यानन्ध पाण्डेले सुरुवाती अग्रता लिएपनि पछिल्लो समय फोरमले अग्रता लिइरहेको छ । सुरुवाती चरणमा मतान्तर थोरै भएपनि पछिल्लो पटक फोरम नेपालले अप्रत्यासीत रुपमा दुरी घटाउँदै लगी समाचार तयार पार्दासम्म कफोरमले करिब तीन हजार बढी मतअन्तरले अग्रता लिइरहेको छ ।

अब बाँकी गणना गरिने मत र क्षेत्रका आधारमा बाम गठबन्धनको पराजय निश्चित् जस्तै भइसकेको छ । सुरुमा बाम र फोरमलाई कांग्रेसका फरमुल्लाह मन्सुरले पछयाइरहेपनि मतान्तर फराकिलो बन्दै गएपछि कांग्रेसका फरर्मुल्लाह मन्सुर प्रतिस्पर्धाबाट बाहिरिइसकेका छन् ।

यता, क्षेत्र नम्बर ४ मा पनि बाम गठबन्धनका उम्मेदवार देव नारायण थारुलाई पछाडी पार्दै राजपाका एकवाल मिया निर्वाचित भइसकेका छन् भने क्षेत्र नम्बर २ मा पनि फोरमा रामसहाय यादवले काँग्रेसका राधेचन्द्र यादवलाई पराजित गर्दै भारी मतले जित हाँसिल गरिसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रदेश सभा ‘ख’ को मतगणना भइरहेको छ । ‘ख’ का चार स्थानमा पनि राजपा र फोरमले अग्रस्थान लिइरहेका छन् भने काँग्रेस र बाम गठबन्धनसंगको मतअन्तर बढ्दै गइरहेको छ । प्रतिस्पर्धामा रहेका बाँकी २ प्रतिनिधि सभाको अन्तिम मतपरिणाम सोमबार साँझ सम्म टुंगो लाग्न सक्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिप्रकामा धर्ना
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको कार्यान्वयन गर्छु : अर्थमन्त्री पौडेल
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
सरोकारवाला तीन मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयद्वारा प्रधानमन्त्रीको निर्देशन लागू गर्न निर्देश
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
आईपीएलको उपाधि भिडन्त आज, चेन्नई र मुम्बई ईण्डियन्स आमने–सामने
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री
संविधान कार्यान्वयनयमा पक्ष प्रतिपक्ष हुँदैन : प्रधानमन्त्री
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भुसालद्वारा पदभार ग्रहण
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा
अधिवक्ता पाण्डे प्रहरीको नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?