बालमैत्री संरचना तयार गर्दा नीति निर्माणमा ध्यान दिन्छौँ : अध्यक्ष प्रचण्ड

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
बालमैत्री संरचना तयार गर्दा नीति निर्माणमा ध्यान दिन्छौँ : अध्यक्ष प्रचण्ड

सारांश

  • काठमाडौँ, माघ २५ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री संरचना तयार गर्दा राज्यको नीति निर्माण तहदेखि नै ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बाल सञ्चार केन्द्रको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले आगामी दिनमा नीति निर्माण गर्दा नै बालबालिकालाई पहिलो प्रथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

काठमाडौँ, माघ २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री संरचना तयार गर्दा राज्यको नीति निर्माण तहदेखि नै ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बाल सञ्चार केन्द्रको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै उनले आगामी दिनमा नीति निर्माण गर्दा नै बालबालिकालाई पहिलो प्रथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अध्यक्ष दाहालले भने, “हामीले वृद्ध र अशक्तका लागि जसरी प्राथमिकतामा राखेर सामाजिक सुरक्षाको व्यवस्था ग¥यौँ, आगामी दिनमा सम्पूर्ण बालबालिकाका लागि समुन्नत भविश्य सुनिश्चित गर्ने कार्यक्रमसहित अगाडि बढ्छौँ ।”

केन्द्रका अध्यक्ष रवीराज बसौलाले स्थानीय, प्रदेश र केन्द्र सरकारले निर्माण गर्ने ऐन, नीति र नियमावलीमा बालबालिकाको सर्वोत्तम हितलाई आत्मसात् गर्नुपर्ने, तीनै तहका सरकारका योजनाहरु बालबालिकाको सर्वोत्तम हितसहित उनीहरुको संरक्षण, हकहित र अर्थपूर्ण सहभागिता गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Tilak Raj Khanal

    Bharat Jangam Ko Kuro Sunnu Timiharuko Sasan Thik Ki Rana Sasan Thahahune6.Comrade.

    Comment Author

    རཇུ ཏཔང

    खुल्क्यो ईस् तेरो कुरा जनताले नंगो पार्न लागिसकेको थाहा छैन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?