बालेन शाहको उम्मेद्वारी दर्ता, भन्छन् कांग्रेस एमालेको भोट काटेर जित्छु

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ११, २०७९
|
|
३९ पटक हेरिएको
Shares
बालेन शाहको उम्मेद्वारी दर्ता, भन्छन् कांग्रेस एमालेको भोट काटेर जित्छु

सारांश

  • काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा ¥यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् ।
  • आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो ।
  • नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका इन्जिनियर तथा ¥यापर बालेन शाहले आफू नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न उम्मेदवारी दिएको बताएका छन् ।

आइतबार राष्ट्रिय सभागृहमा पुगी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेपछि मिडियासँग कुराकानी गर्दै शाहले भने, ‘म भोट काट्न उठेको हो । नेपाली कांग्रेस र नेकपा एमालेको भोट काट्न आएको हुँ । उनीहरुको भोट काटेर म जित्न आएको हुँ ।’

एउटा स्वतन्त्र तथा वैकल्पिक शक्तिले अर्को यस्तै शक्तिलाई सहयोग गर्नुपर्ने उनले जनाए । उनले एउटा वैकल्पिक शक्तिले अर्को वैकल्पिक शक्तिलाई स्वीकार्नु पर्ने समेत बताए । ‘वैकल्पिक शक्ति एउटा मात्र हुनुपर्छ भन्ने छैन । कतिपय वैकल्पिक शक्तिसँग हाम्रो सहकार्य भयो र कतिपयले मान्नु भएन । यो लोकतान्त्रिक अभ्यास हो,’ उनले भने ।

शाहले काठमाडौंको मेयरमा आफूले ९० हजार ८३५ मतले जित्ने दाबी दोहो¥याए । अघिल्लो पाँच वर्षकोजस्तो दुःख नभोग्न मतदाताले आफूलाई मत दिनुपर्ने उनले जनाए । व्यवस्थापनको कमजोरीले गर्दा काठमाडौंका जनताले सुख पाउन नसकेको बुझाई उनको छ ।

‘युवा भएर मात्र भोट मागेका छैनौं । दृष्टिकोण बनाएका छौं सोही अनुसार काम गर्छौं भनेर भोट मागेका छौं,’ शाहले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो ।’ मतदानअघि सकभर काठमाडौंका सबै वडा र टोलमा पुग्ने आफ्नो कार्यक्रम रहेको उनले सुनाए ।

उनले प्रश्न गरे, ‘चुनाव अघि घर–घर आउने मेयर चाहिएको हो की, पाँच वर्षसम्म घर–घर आएर सेवा गर्ने मेयर चाहिएको हो ? यो मतदाताले रोज्नुपर्छ ।’ काठमाडौं महानगरपालिका भित्र साढे दुई लाख घर रहेको र सकेसम्म सबैघरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आफूले गर्ने उनले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
एम्बुलेन्स प्रयोग गरेर गाँजा तस्करी गर्ने पक्राउ
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
तपाइँलाई थाहा छ, महिलाले लगाउने शर्टको बटन किन सधैं बायाँतर्फ हुन्छ?
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
दशैका लागि असोज १० देखि बसको टिकट बुकिङ खुल्ने
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
बिहानसम्मको निर्वाचन मतपरिणाम : नगरमा कांग्रेस, गाउँमा एमाले
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
सेवाग्राहीलाई तत्काल सवारी चालक अनुमति पत्र उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
Meet reel life LK Advani and Lalu Prasad Yadav from Anupam Kher starrer ‘The Accidental Prime Minister’
Meet reel life LK Advani and Lalu Prasad Yadav from Anupam Kher starrer ‘The Accidental Prime Minister’
मापसे चेकजाँचमा झडप
मापसे चेकजाँचमा झडप
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
नेतृत्वको रक्षाका लागि निःशर्त प्रचण्डको काँध थाप्छौं : ऊर्जामन्त्री अनन्त
चिनियाँ राष्ट्रपति नेपाल आउँदा यस्तो सुरक्षा हुनेछ
चिनियाँ राष्ट्रपति नेपाल आउँदा यस्तो सुरक्षा हुनेछ

तपाईंले छुटाउनुभयो कि?