बीस वर्षपछि महिलालाई मृत्युदण्ड

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
४७ पटक हेरिएको
Shares
बीस वर्षपछि महिलालाई मृत्युदण्ड

सारांश

  • सिङ्गापुर ।
  • मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ ।
  • सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले जनाएको छ ।

सिङ्गापुर । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ ।

सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले जनाएको छ ।

सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो ।

टिजेसीका अनुसार पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका ती पुरुषलाई बुधबार चङ्गी जेलमा र ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी जामानीलाई शुक्रबार फाँसी दिइनेछ ।

सन् २०१८ मा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । दण्ड पाउने दुवै सिङ्गापुरका नागरिक हुन् । उनीहरूका परिवारले उनीहरूको मृत्युदण्डको मिति निर्धारण गरिएको सूचना प्रदान गरिएको छ ।

मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ । टिजेसीले पनि मृत्युदण्ड रोक्न आग्रह गर्दै आएको छ । सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ ।

विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ ।

कोभिड–१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीमा राजश्व छली गरेको आरोपमा मुद्दा दायर
सुनचाँदीमा राजश्व छली गरेको आरोपमा मुद्दा दायर
जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई
जिउने आधार बन्यो वृद्धभत्ता असीवर्षीय दम्पतीलाई
यसरी हुने रैछ त्रिविकाे निकायमा अनियमितता ! ७२ करोड पेश्की फछ्र्यौट बाँकी
यसरी हुने रैछ त्रिविकाे निकायमा अनियमितता ! ७२ करोड पेश्की फछ्र्यौट बाँकी
बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ
बैंकलाई किस्ता र ब्याज तिर्ने आज अन्तिम दिन, व्यवसायीलाई भ्याइ नभ्याइ
‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल
देउवा सरकारले, प्रतिवद्धताविपरीत ४४ लाख बाँडेको खुलासा
देउवा सरकारले, प्रतिवद्धताविपरीत ४४ लाख बाँडेको खुलासा
सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ
सहकारीका सञ्चालकनै ठगीको आरोपमा पक्राउ
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
रोनाल्डोबिना मैदानमा उत्रिएको च्याम्पियन युभेन्ट्स अन्तिम खेलमा पराजित
गरिबको कोटामा पढ्छन् नेताका छोराछोरी!
गरिबको कोटामा पढ्छन् नेताका छोराछोरी!
भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?
भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?

तपाईंले छुटाउनुभयो कि?