‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण २१, २०७५
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २१ साउन ।
  •  नेपालको संविधानमा उल्लेखित मौलिक हकअन्र्तगत गोपनीयताको हकको प्रत्याभूति गर्न ल्याउन लागिएको ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सञ्चार तथा कानून विज्ञहरुले विभिन्न सुझाव दिएका छन् ।
  •  डम फोरम, इन्टरनेट सोसाइटी नेपाल र सूचनाको हकका लागि नागरिक अभियानले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको परामर्श बैठकमा सहभागी सञ्चारविज्ञहरुले मौलिक हकको कार्यान्वयनका लागि कानून आउनु आफैँमा सकारात्मक भएता पनि मस्यौदामा कमीकमजोरी रहेको औँल्याउनुभएको छ ।

काठमाडौँ, २१ साउन ।  नेपालको संविधानमा उल्लेखित मौलिक हकअन्र्तगत गोपनीयताको हकको प्रत्याभूति गर्न ल्याउन लागिएको ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सञ्चार तथा कानून विज्ञहरुले विभिन्न सुझाव दिएका छन् । डम फोरम, इन्टरनेट सोसाइटी नेपाल र सूचनाको हकका लागि नागरिक अभियानले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको परामर्श बैठकमा सहभागी सञ्चारविज्ञहरुले मौलिक हकको कार्यान्वयनका लागि कानून आउनु आफैँमा सकारात्मक भएता पनि मस्यौदामा कमीकमजोरी रहेको औँल्याउनुभएको छ ।

उहाँहरुले यो मस्यौदा विधेयक जस्ताको तस्तै लागू भए सूचनाको हकसम्बन्धी ऐन २०६४ तथा तथ्याङ्क ऐन २०१५ कार्यान्वयनमा असहज अवस्था सिर्जना हुनेतर्फ ध्यानाकर्षण गराउनुभयो । विज्ञहरुले अहिलेको मस्यौदामा धेरै अस्पष्ट र दोहोरो अर्थ लाग्ने शब्दावलीहरु रहेको, कार्यकारीलाई धेरै अधिकार दिई गोपनीयताको हकमा अनावश्यक बन्देजहरु लगाएको औँल्याउँदै तथ्याङ्क संरक्षणसम्बन्धी छुट्टै कानून ल्याउनुपर्ने सुझाव दिनुभयो । नेपालको संविधानको धारा २८ मा नेपाली नागरिकको गोपनीयताको हकलाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ । सोही हकलाई सहज प्रचलनमा ल्याउन ऐनको अभाव थियो । यसै सन्दर्भमा नेपाल कानून आयोगले ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा तयार गरी गृह मन्त्रालयलाई बुझाएको छ ।

संविधानको धारा ४७ बमोजिम मौलिक हक प्रचलनका लागि संविधान जारी भएको तीन वर्षभित्र सबै ऐनहरु बनाइसक्नुपर्ने भएकाले उक्त मस्यौदा जारी भएको हो । सो विधेयकमा व्यक्ति र संस्थासम्बन्धी गोपनीयताको छुट्टै व्यवस्था गर्नुपर्ने, गोपनीयता भंग गर्नेले दण्ड जरिवानाको साथसाथै क्षतिपूर्ति दिनुपर्ने, तथ्याङ्क संरक्षणलाई पनि ध्यान दिनुपर्ने जस्ता सुझावहरु दिएका छन् । कार्यक्रममा सञ्चारविद् डा रामकृष्ण तिमिल्सिना, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र बिष्ट, अधिवक्ताहरु सन्तोषबाबु सिग्देल, प्रवीन सुवेदी, फ्रिडम फोरमका प्रमुख तारानाथ दाहाललगायतले मस्यौदामाथि सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?
मनाेरञ्जन समाचार : फिल्म सुपरहिट हुँदा पनि किन रिसाइन् यी हिरोइन ?
३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति
३३ किलो सुन तस्करीमा सघाउने एयरपाेर्टकाे कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
नर्वेको पोस्टमा जर्मनीको गोलको वर्षा
युएईको सारजहाँमा रसायनिक धुँवाका कारण तीन नेपाली सहित ५५ जना बिरामी
युएईको सारजहाँमा रसायनिक धुँवाका कारण तीन नेपाली सहित ५५ जना बिरामी
आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव – उपराष्ट्रपति पुन
आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव – उपराष्ट्रपति पुन
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
दमननाथ ढुंगाना विरुद्ध महेश बस्नेतको दोब्बर मतको अग्रता
घुस दिएका आयुक्तमाथि छानवीन सुरु भएको अख्तियार प्रमुखको भनाइ
घुस दिएका आयुक्तमाथि छानवीन सुरु भएको अख्तियार प्रमुखको भनाइ
Рейтинг Лучших Онлайн-казино 2024 Года Январь Топ Ten Честных И Проверенных Казино Из 38

तपाईंले छुटाउनुभयो कि?