बुद्धवचनमा सद्भावना दुतको ब्रिफिङ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ७, २०७६
|
|
३७ पटक हेरिएको
Shares
बुद्धवचनमा सद्भावना दुतको ब्रिफिङ

सारांश

  • प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समिति नेपालका दुई सद्भावना दुतले आफुले गरिहेको अभियानको समिक्षा गरेका छन् ।
  • सोमबार बुद्धवचनको काठमाडौँ बौद्धस्थित कार्यालयमा गायक धिरज राई र मिसेस नेपाल टुरिज्म २०१९ छिरिङ डोल्मा शेर्पा उपस्थित भई प्रज्ञा पारमिता र बुद्धवचनको बारेमा आफुहरुले गरिरहेको प्रवर्धनात्मक अभियानको बारेमा छलफल गरे ।
  • गायक राई र शेर्पा दुवै बुद्धबचन अनुवाद समितिको सद्भावना दुत हुन् ।

प्रज्ञा पारमितालाई नेपाली भाषामा अनुवाद गर्दै आएको बुद्धवचन अनुवाद समिति नेपालका दुई सद्भावना दुतले आफुले गरिहेको अभियानको समिक्षा गरेका छन् । सोमबार बुद्धवचनको काठमाडौँ बौद्धस्थित कार्यालयमा गायक धिरज राई र मिसेस नेपाल टुरिज्म २०१९ छिरिङ डोल्मा शेर्पा उपस्थित भई प्रज्ञा पारमिता र बुद्धवचनको बारेमा आफुहरुले गरिरहेको प्रवर्धनात्मक अभियानको बारेमा छलफल गरे । गायक राई र शेर्पा दुवै बुद्धबचन अनुवाद समितिको सद्भावना दुत हुन् ।

बुद्ध वाज बर्न इन नेपालका प्रमुख अभियन्ता गायक राईले आफुले अभियानको क्रममा देश विदेशमा गर्ने सांगीतिक कार्यक्रमहरुमा बुद्धवचन र प्रज्ञा पारमिताको नेपाली अनुवादको विषयमा समेत जानकारी गराउँदै आएका छन् । त्यस्तै मिसेस टुरिज्म २०१९ की विजेता छिरिङ डोल्मा शेर्पाले पनि आफु सहभागि हुने कार्यक्रमहरुमा प्रज्ञा पारमिताको महत्वको बारेमा उल्लेख गर्दै आइरहेकी छन् ।

बुद्धवचन अनुवाद समितिले १६ ठेली प्रज्ञा पारमितालाई विगत २ वर्षदेखि नेपाली भाषामा अनुवाद गरिरहेको छ । समितिले नेपाली भाषामा अनुवाद गरिने प्रज्ञा पारमितालाई राष्ट्रिय दस्तावेजको रुपमा स्थापित गर्ने लक्ष्य लिएको छ । अनुवादको कार्यलाई तिव्रता दिइरहेको बुद्धवचनले चाँडै नै अष्टसाहस्रिका प्रज्ञापारमिता (ग्येतोङ्पा) प्रकाशित गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?