बेंगलोरको दोस्रो जित

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २३, २०७८
|
|
३५ पटक हेरिएको
Shares
बेंगलोरको दोस्रो जित

सारांश

  • काठमाडौं।
  • रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ।
  • १७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेकाे हाे।

काठमाडौं। रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको छ। १७० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १९ ओभर एक बलमा ६ विकेट गुमाउँदै पूरा गरेकाे हाे।
बेंगलोरको जितमा विकेटकिपर दीनेश कार्तिकले सर्वाघिक ४४ रन बनाए। कप्तान फाफ डु प्लेसिसले २९ रन बनाए। राजस्थानका युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले समान २ विकेट लिए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १६९ रनको योगफल तयार पारेकाे थियाे।
राजस्थानका जस बटलरले सर्वाधिक ७० रन बनाए। शिम्रन हेटमायरले ४२ रनको योगदान गरे। बेंगलोरका डेविड विल्ली, वानिन्दु हसरंगा र हर्षल पटेलले समान १ विकेट लिए।
बैंगलोरको यो दोस्रो जित हो भने राजस्थानको पहिलो हार हो। [image: 1619577723-bSmpU.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?