बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण

Abhiyanpost Abhiyanpost
|
शनिबार, चैत्र १०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिज जीर्ण

सारांश

  • बेनी,म्याग्दी, १० चैत , बेनी–जोमसोम–कोरला सडकखण्ड अन्र्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा राहुघाट नदी माथि बनेको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको महिनौ वितिसक्दासमेत सम्बन्धित निकायले चासो देखाएका छैनन् ।
  • दैनिक दर्जनौ साना तथा ठुला सवारीसाधन आवतजावत गर्ने राहुघाट नदीमा बनेको पुलको अधिकांस भागमा प्वाल परेपनि मर्मतमा ध्यान पुग्न सकेको छैन् ।
  • उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्वको सडक आयोजनाको धमाधम स्तरोन्नति भइरहेको अवस्थामा निर्माण साम्रगी, डोजर लगाएत हेभी मेसिनसमेत आवतजावत गर्ने पुलमा कुनैपनि बेला दुर्घटना हुन सक्ने सम्भावना रहेको स्थानीयबासीको भनाइ छ ।

बेनी,म्याग्दी, १० चैत , बेनी–जोमसोम–कोरला सडकखण्ड अन्र्तरगत बेनी नगरपालिका–९ गलेश्वरमा राहुघाट नदी माथि बनेको बेलिब्रिज मर्मत सम्भारको अभावमा जीर्ण बनेको महिनौ वितिसक्दासमेत सम्बन्धित निकायले चासो देखाएका छैनन् ।

दैनिक दर्जनौ साना तथा ठुला सवारीसाधन आवतजावत गर्ने राहुघाट नदीमा बनेको पुलको अधिकांस भागमा प्वाल परेपनि मर्मतमा ध्यान पुग्न सकेको छैन् । उत्तर–दक्षिण अन्तरदेशीय ब्यापारिक महत्वको सडक आयोजनाको धमाधम स्तरोन्नति भइरहेको अवस्थामा निर्माण साम्रगी, डोजर लगाएत हेभी मेसिनसमेत आवतजावत गर्ने पुलमा कुनैपनि बेला दुर्घटना हुन सक्ने सम्भावना रहेको स्थानीयबासीको भनाइ छ ।

पुलको बीच भाग र दायाँबायाँको भागमा प्वाल परेको छ । जीर्ण पुलको मर्मतका लागि सडक विभाग, बेनी–जोमसोम–कोरला सडक आयोजनालाई जानकारी गराउँदासमेत मर्मत नभएको स्थानीयले बताएका छन् ।

‘दुर्घटनाको सम्भावना अधिक छ । पुलका पातासमेत छियाछिया हुनलागेको छ, स्थानीय भरत रकालले भन्नुभयो । पुलमा दुर्घटना भए राहुघाट नदीमा खस्ने सम्भावना रहेकाले मर्मत गर्न माग गरिएको छ ।

पुलमा परेको प्वालमा ठूला सवारी साधनका चक्काले क्षति पुगेको छ । मोटरसाइकलसहितका दुइपाङ्ग्रे सवारीसाधनलाई आवतजावतमा निकै सास्ती हुने गरेको छ ।

नेपाली सेनाले २०६४ सालमा सो पुल निर्माण गरेको थियो । बेनी –जोमसोम– कोरला सडक अन्र्तरगत १८६ किलोमिटरमा ११ मिटर फराकिलो दुई लेनको कालोपत्रे सडकमा रहेका पुराना बेलीबिज्र विस्थापित गरिने आयोजना प्रमुख नगेन्द्र सुबेदीले बताउनुभयो ।

‘जीर्ण पुललाई सामान्य मर्मत गरिन्छ । केही महिनाभित्र पक्की पुलको निर्माणकार्य सुरु हुन्छ’ उहाँले भन्नुभयो । बेनीदेखि जोमसोमसम्म तत्कालिन समयमा सेनाले बनाएका बेलीब्रिज जीर्ण अवस्थामा रहेको आयोजनालाई समेत जानकारी रहेको उहाँको भनाइ छ ।

छिमेकी देश भारत र चीनलाई जोड्ने सडकखण्डको अनुगमनका क्रममा पुलको तत्काल मर्मत आवश्यक देखिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Anand Neupane

    Etha sighra marmat garn jaruri

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उदयपुर गोल्ड कप जेठ ३२ गतेबाट असार ७ सम्म संचालन हुने
उदयपुर गोल्ड कप जेठ ३२ गतेबाट असार ७ सम्म संचालन हुने
दानव नदीको किनारामा युवतीको शव
दानव नदीको किनारामा युवतीको शव
सुर्खेतमा ग्यास संकटको भ्रम चिर्दै आयल निगम: ‘एक व्यक्ति, एक सिलिन्डर’ नियम लागू
सुर्खेतमा ग्यास संकटको भ्रम चिर्दै आयल निगम: ‘एक व्यक्ति, एक सिलिन्डर’ नियम लागू
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
हामी सरकार गिराउने र बनाउने खेलमा छैनौँ: प्रचण्ड
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै
आज टीकाको दोस्रो दिन, मान्यजनबाट टीका तथा आशिरवाद ग्रहण गरिदै
मुख्यमन्त्रीका लागि दाबी गर्न कोशी प्रदेश प्रमुखको आह्वान
मुख्यमन्त्रीका लागि दाबी गर्न कोशी प्रदेश प्रमुखको आह्वान
फागुन २६ गते बुधवारको राशिफल यस्तो छ
फागुन २६ गते बुधवारको राशिफल यस्तो छ
सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटायो
सरकारले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर घटायो