भक्तपुरमा विस्केट जात्रा सुरु, जति रमाइलो त्यति नै खतरा
सारांश
- आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा बुधबारदेखि सुरु भएको छ ।
- भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्केट जात्रा सुरु गरिएको हो ।
- काठमाडौ उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ ।
आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा बुधबारदेखि सुरु भएको छ ।
भक्तपुरको टौमढी क्षेत्रस्थित पाँचतले र भैरवनाथ मन्दिर परिसरमा बनाइएको तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्केट जात्रा सुरु गरिएको हो । काठमाडौ उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ ।
जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ । लामा तथा मोटा आठ वटा डोरीले रथलाई अगाडि र पछाडि तानेर टौमढीबाट करिब २०० मिटर दक्षिण गःहिटी र्पुयाएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने प्रचलन छ ।
गुठी संस्थान कार्यालय भक्तपुरका अनुसार बुधबार भैरव मन्दिरमा जात्रा सञ्चालक आकाश भैरव गुठी तथा भद्रकाली गुठीका रकमी तथा भैरव मन्दिरका पुजारीहरुको संलग्नतामा भैरवको नित्यपूजा, गुह्य पूजालगायत सम्पन्न भएपछि रथ तान्न सुरु गरिएको हो । जात्राको क्रममा हुनसक्ने सम्भावित घटना तथा झडपलाई लक्षित गरी यस वर्ष सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रतिक्रिया