भारतमा पाँचौं चरणको चुनाव आज, सोनिया र राहुल गान्धीको भाग्यको फैसला हुने

Abhiyanpost Abhiyanpost
|
सोमबार, बैशाख २३, २०७६
|
|
६१ पटक हेरिएको
Shares
भारतमा पाँचौं चरणको चुनाव आज, सोनिया र राहुल गान्धीको भाग्यको फैसला हुने

सारांश

  • नयाँदिल्ली।
  • भारतको तल्लो सदन लोकसभाका लागि सोमबार आज पाँचौं चरणको मतदान शुरु भएको छ।
  • यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ।

नयाँदिल्ली। भारतको तल्लो सदन लोकसभाका लागि सोमबार आज पाँचौं चरणको मतदान शुरु भएको छ। यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ।

पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ। जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ।

यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी नेत्री सोनिया गान्धी, कङ्ग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ। यस चरणमा कूल ६७४ उम्मेदवार चुनावी मैदानमा छन्। यस चरणमा करिब नौ करोड मतदाताले मतदान गर्नेछन्।

पाँचौं चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ। यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले कडा टक्कर दिने अपेक्षा गरिएको छ।

तर उत्तर प्रदेशको राजनीतिमा निकै प्रभावशाली समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीको गठबन्धनले रायबरेली र अमेठीमा उम्मेदवारी नदिएकाले यी दुबै स्थानमा कङ्ग्रेस नै विजयी हुने अडकलबाजी गरिएका छन्।

यसअघि सन् २०१४ को चुनावमा यी क्षेत्रका कूल ५१ स्थानमध्ये भाजपाले ४० स्थान जितेको थियो भने कङ्ग्रेसले दुई स्थान मात्र जितेको थियो। कङ्ग्रेसले रायबरेली र अमेठीमा मात्र विजय हासिल गरेको थियो।

भारतीय चुनाव आयोगले पाँचौं चरणको चुनावका लागि ९४ हजार मतदान केन्द्र स्थापना गरेको छ। साथै चुनावी हिंसालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था निकै कडान बनाएको छ।

पाँचौं चरणको मतदान सकिएसँगै लोकसभाका कूल ५४२ मध्ये ४२४ स्थानका लागि चुनाव समाप्त हुनेछ। बाँकी ११८ स्थानका लागि आगामी मे १२ र १९ मा छैटौं र सातौं चरणमा मतदान हुनेछ। चुनावको मतगणना आगामी मे २३ मा हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
नवनियुक्त मन्त्री साउद भन्छन् : छिमेकी मुलुकसँग सधैँ घनिष्ठ सम्बन्ध बनाउँदै लैजानेछौँ
ललितपुर— २ सवै उम्मेदवारका चुनावी एजेण्डा भने उस्तै
ललितपुर— २ सवै उम्मेदवारका चुनावी एजेण्डा भने उस्तै
११ महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे
११ महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ
आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती
आलेख : विदेशबाट घर फर्किंदा न सम्पत्ति न श्रीमती
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
धादिङमा ट्रकमुनि छिर्यो मोटरसाइकल, ट्रक र मोटरसाइकलमा आगलागी
आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा
आज कुशे औंसी,यस्तो छ कुशे औंसी र बाबुको मुख हेर्ने दिनको महिमा
एक सय १६ नक्कली परीक्षार्थी पक्राउ
एक सय १६ नक्कली परीक्षार्थी पक्राउ
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
ऋणको किस्ता र ब्याज तिर्ने समय लम्बाउन राष्ट्र बैंकको निर्देशन कुर्दै व्यवसायी
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल
प्रत्येक तहमा मैथिली शिक्षा लागू हुन्छ: मन्त्री पोखरेल

तपाईंले छुटाउनुभयो कि?