भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ २३, २०७७
|
|
५१ पटक हेरिएको
Shares
भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीचको वार्ता साकारात्मक

सारांश

  • एजेन्सी, २३ असार ।
  • भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीच वार्ता भएको छ ।
  • उनीहरुबीच लद्दाख क्षेत्रबाट सैन्य उपस्थिती घटाउने बारे आइतबार वार्ता भएको हो ।

एजेन्सी, २३ असार । भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र चिनियाँ विदेश मन्त्री वांगबीच वार्ता भएको छ । उनीहरुबीच लद्दाख क्षेत्रबाट सैन्य उपस्थिती घटाउने बारे आइतबार वार्ता भएको हो । वार्ता साकारात्मक भएको र गल्वान क्षेत्रमा रहेको सैन्य उपस्थितीलाई घटाउने विषयमा दूवै देशका उच्च अधिकारीहरु सहमत भएको जनाइएको छ ।

वार्तामा सैन्य उपस्थितीलाई घटाउन निरन्तरता दिने विषमा सहमति भएको बुझिएको छ । दूवै देशले उक्त क्षेत्रबाट चरण वद्व रुपमा आफ्ना उपस्थिती, गतिविधि कम गर्ने र भविष्यमा तनावलाई घटाउन दूवै देशका सेनाहरुले एक अर्काको मद्दत गर्ने जनाइएको छ । विवादीत क्षेत्रका तनावलाई न्युनीकरण गर्न र सम्बन्ध प्रगाढ बनाउन समेत सहमति भएको छ ।

विगतमा भएको द्विपक्षीय सम्झौता र प्रोटोकलको आधारमा उक्त क्षेत्रमा शान्ति कायम गर्ने जनाइएको छ । दूवै देशबीचको तनाव तत्काल साकारात्मक उन्मुख देखिएको छ । दूवै देशको विशेष प्रतिनिधि डोभाल र वांग सन् २०१८ र २०१९ मा भटेका थिए । त्यसैगरी जुन १५ मा दूवै देशबीच भएको झडपपछि भारत र चीनका विदेश मन्त्री जुन १७ मा भेटेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्द रहेको हेटौँडाबजार आजदेखि खुला…
बन्द रहेको हेटौँडाबजार आजदेखि खुला…
वर्षमा एकपल्ट मात्र आउने अक्षया तृतिया किन महत्वपुर्ण छ ?
वर्षमा एकपल्ट मात्र आउने अक्षया तृतिया किन महत्वपुर्ण छ ?
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
तुलसीपुर उपमहानगरमा पूर्वाधार विकासको फड्को: १५ किलोमिटर सडक कालोपत्रसँगै विद्यालय भवन र सिँचाइ कुलो निर्माण सम्पन्न
केएल टावरस्थित मोबाइलको मेगा मेलामा अवलोकनकर्ताको भीड
केएल टावरस्थित मोबाइलको मेगा मेलामा अवलोकनकर्ताको भीड
विप्लवका १७ कार्यकर्ता पक्राउ
विप्लवका १७ कार्यकर्ता पक्राउ
बजेट कार्यान्वनयमा कुनै समस्या हुँदैन: मन्त्री अधिकारी
बजेट कार्यान्वनयमा कुनै समस्या हुँदैन: मन्त्री अधिकारी
देउवाको गुनासो : ‘हामी मेलमिलाप चाहन्छौँ, तर सरकार चाहँदैन’
देउवाको गुनासो : ‘हामी मेलमिलाप चाहन्छौँ, तर सरकार चाहँदैन’
अमेरिकामा नयाँ बर्ष २०२१ को आकर्षक नेपाली मोडलहरुको क्यालेण्डर
अमेरिकामा नयाँ बर्ष २०२१ को आकर्षक नेपाली मोडलहरुको क्यालेण्डर
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान
अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान

तपाईंले छुटाउनुभयो कि?