अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १६, २०७६
|
|
५१ पटक हेरिएको
Shares
अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान

सारांश

  • नेपाली महिला क्रिकेटर अञ्जली चन्दले डेब्यू खेलमै अन्तराष्ट्रिय क्रिकेटमा विश्वरेकर्ड बनाएकी छिन् ।
  • उनले विश्व क्रिकेटका दिग्गज खेलाडीहरु सबैलाई उछिन्दै अन्तर्रा्ष्ट्रिय टि–२० मा बेस्ट बलिङ फिगरको विश्वरेकर्ड बनाएकी हुन् ।
  • आज जारी माल्दिभ्सविरुद्धको खेलमा अञ्जलीले २ ओभर १ बल बलिङ गर्दै एक रन पनि नदिइ ६ विकेट लिएर अन्तराष्ट्रिय टि–२० अन्तराष्ट्रियमा नयाँ इतिहास बनाएकी हुन् ।

नेपाली महिला क्रिकेटर अञ्जली चन्दले डेब्यू खेलमै अन्तराष्ट्रिय क्रिकेटमा विश्वरेकर्ड बनाएकी छिन् । उनले विश्व क्रिकेटका दिग्गज खेलाडीहरु सबैलाई उछिन्दै अन्तर्रा्ष्ट्रिय टि–२० मा बेस्ट बलिङ फिगरको विश्वरेकर्ड बनाएकी हुन् ।

आज जारी माल्दिभ्सविरुद्धको खेलमा अञ्जलीले २ ओभर १ बल बलिङ गर्दै एक रन पनि नदिइ ६ विकेट लिएर अन्तराष्ट्रिय टि–२० अन्तराष्ट्रियमा नयाँ इतिहास बनाएकी हुन् । पोखरामा भइरहेको खेलमा अञ्जलीले आफ्ना सुरुका २ ओभरमध्ये पहिलो ओभर ३ विकेटसहित मेडन र दोस्रो ओभर २ विकेटसहित मेडन राखिन् र तेस्रो ओभरको पहिलो बलमै विकेट लिँदै इतिहास बनाएकी हुन् ।

उनको यो इनिङको इकोनोमी शुन्य छ । यसअघि यो रेकर्ड मलेसियाकी मास एलियाको नाममा थियो । एलिसाले गएको जनवरीमा चीनविरुद्ध भएको खेलमा ४ ओभरमा १ ओभर मेडन राख्दै ३ रन दिएर ६ विकेट लिएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?