भीषण डढेलोका कारण दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २२, २०७५
|
|
४० पटक हेरिएको
Shares
भीषण डढेलोका कारण दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा

सारांश

  • सोल, २२ चैत ।
  • दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ ।
  • देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ ।

सोल, २२ चैत । दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ । राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो ।

यस प्रकोपको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका शुक्रबार यहाँका अधिकारीले पुष्टि गरेका छन् । यस डढेलोबाट करिब २ सय ५० हेक्टर जमिन र १ सय २५ घर ध्वस्त भएको छ । यस प्रकोपका कारण हजारौँ व्यक्ति रातारात विस्थापित भएका छन् । यस प्रकोपपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले राति नै राष्ट्रिय व्यवथापन निकायसँग छलफल गर्नुभएको थियो ।
उहाँले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न निर्देशन दिनु भएको छ ।

कडा हावा र अँध्यारोका कारण अग्नीनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ ।यस डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकोप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । यस डढेलोको उद्वारकार्यको लागि अग्नीनियन्त्रक, सुरक्षाकर्मी, अन्य उद्वारकर्मीहरु गरी करिब १० हजार व्यक्ति परिचालन गरिएको छ ।

(picklelicious.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर !! नारासहित आज पाचौँ कर दिवस मनाइयो…
गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री
गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि हो : प्रधानमन्त्री
CBFC cuts ‘toilet leakage scene’ from Ranbir Kapoor starrer ‘Sanju’
CBFC cuts ‘toilet leakage scene’ from Ranbir Kapoor starrer ‘Sanju’
आलेख: पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे
आलेख: पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे
के भने महेश बस्नेतले बिजय सभालाई सम्बोधन गर्दै  ?
के भने महेश बस्नेतले बिजय सभालाई सम्बोधन गर्दै ?
विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
विद्यार्थीलाई सरले स्कुलमा गाँजा र भाङ खुवाएपछि बेहोस
वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा
वाग्मतीको धार परिवर्तन र एकोहोरो कटानले टौदह संकटमा, स्थानीय बस्ती गम्भीर जोखिममा
सांसदलाई ६ अर्ब ६२ करोड बाँड्ने तयारी
सांसदलाई ६ अर्ब ६२ करोड बाँड्ने तयारी
खाजा खाएर नक्कली पैसा दिंदा, यसरी पक्राउ परे ‘लुट’ फिल्मका निर्माता
खाजा खाएर नक्कली पैसा दिंदा, यसरी पक्राउ परे ‘लुट’ फिल्मका निर्माता
नेकपा फुटको असर प्रदेशमाः मुख्यमन्त्रीहरुको कुर्सी डगमगायो

तपाईंले छुटाउनुभयो कि?