खाजा खाएर नक्कली पैसा दिंदा, यसरी पक्राउ परे ‘लुट’ फिल्मका निर्माता
सारांश
- काठमाडौँ, -बैंक लुट्ने योजनाको फिल्म बनाएका ‘लुट’ फिल्मका निर्माता माधवराज वाग्लेसहित नक्कली नेपाली रुपियाँ सहित पक्राउ परेका छन् ।
- प्रहरीले लुटका निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेहरुमा सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, महेन्द्र बोगटी र विकेश नापित रहेका छन् ।
काठमाडौँ, -बैंक लुट्ने योजनाको फिल्म बनाएका ‘लुट’ फिल्मका निर्माता माधवराज वाग्लेसहित नक्कली नेपाली रुपियाँ सहित पक्राउ परेका छन् ।

प्रहरीले लुटका निर्माता वाग्लेसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, प्रकाश सुवेदी, महेन्द्र बोगटी र विकेश नापित रहेका छन् ।
उनीहरुले २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । फिल्मका लागि नक्कली नोट छापिएको प्रहरीलाई बयान दिएका थिए । तर, फिल्मका लागि दुरुस्तै नोट छाप्नु नपर्ने प्रहरीले बताएको छ ।
मंगलबार काठमाडौंको मित्रनगरमा एक क्याफेमा वाग्ले संलग्न रहेको प्रिन्सेस मूभिजका एक कर्मचारी खाजा खाएर नक्कली पैसा तिरेका थिए । क्याफेका सञ्चालकले नक्कली पैसा भएको आशंकामा तत्कालै प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरी पुगेपछि फिल्म निर्माता सहित नक्कली नोट रहेको खुलेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार महेन्द्र बोगटीको साथबाट १ लाख २० हजार नक्कली रुपैयाँ, भेटिएको र फिल्म निर्माता माधवराज वाग्लेले नक्कली नोट छाप्न दिएका हुन् ।
वाग्लेले चलचित्र सुटिङको लागि पैसा जम्मा पारेको बताएका छन्। पत्रकार सम्मेलनमा प्रहरी लैजाँदै गर्दा आफुलाई फसाइएको बताए। उनीहरुलाई अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ।
Khim Chhetri
Karbahi ta pakka hudaina hola jasto lag6
Ramesh Pandey
Yo randi ko xoro k ko nirmata mc…sale lai gatho parnu parxa
Ashok Rayamajhi
kasto bakamphuse kura gareko nirmatale filmko lagi durusta not xapinxa aslai karwahi hunu parxa
ThAkuri Paban
Thukaa paje
Bishnu Thapa
सुटिङ गर्या होला, किन पक्राउ गरेको होलान् ?
Sujan Magar
.