बैंग्लोरमा वाइडबडी माहुरीको आक्रमणमा परेपछि….

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २, २०७५
|
|
३५ पटक हेरिएको
Shares
बैंग्लोरमा वाइडबडी माहुरीको आक्रमणमा परेपछि….

सारांश

  • काठमाडौं ।
  •   काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो ।
  • एकाएक माहुरीको आक्रमणमा पर्‍यो ।

काठमाडौं ।  काठमाडौंबाट मंगलबार दिउँसो २ सय ६ यात्रु बोकेर भारतको बैंग्लोरस्थित केम्पेगोडा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल वायुसेवा निगमको अन्नपूर्ण वाइडबडी विमान यात्रु ओराल्ने तरखरमा थियो । एकाएक माहुरीको आक्रमणमा पर्‍यो । विमानको दायाँ पखेटामा माहुरी भरिए । जहाज विमानस्थलको पार्किङ–वेको नौं नम्बरमा थियो । यात्रुहरू विमानबाट सहजै उत्रिए । कार्गोको ढोका खोलेर सामान झार्न लागेका कामदार भने माहुरीको आक्रमणमा परे ।

रातो गोलाकार घेराभित्रको जहाज पखेटामा झुम्मिएका माहुरी । ‘गाडी चलाइरहेका बेलोडरलाई माहुरीले टोक्यो,’ निगम उच्च स्रोतले भन्यो, ‘त्यसपछि एयरपोर्टको सेफ्टी विभागका कर्मचारीले माहुरी नियन्त्रण लिन जहाज घेराबन्दी गरे।’ माहुरीको टोकाइबाट जोगिने पोसाकसहित रासायनिक औषधि बोकेर सेफ्टीका कर्मचारी खटिए। अन्य विमानबाट टाढै राखेर माहुरी नियन्त्रण गर्ने योजना बनाइयो।

रानीले आफ्नो स्थान लिएपछि सबै माहुरी विमानमा एक ढिक्का भएर बसे। ग्राउन्ड ह्यान्डिलिङ्ग गर्ने ग्लोबल ग्राउन्ड इन्डियाका कर्मचारीले कार्गो कम्पार्टमेन्टबाट सामान झिक्ने र राक्ने काम सकेर कार्गो ढोका बन्द गरे। जहाजलाई पार्किङ क्षेत्रबाट ट्याक्सीवेमा पुर्‍याइयो। माहुरीहरू इन्जिनबाट निस्केको हावाको बेगले उड्न थाले। माहुरी भागेपछि रिमोट पार्किङमा लैजानु पर्ने झन्झट टर्‍यो। ‘यदि माहुरीको गोला पखेटाबाट नडेको भए जहाज समयमै उड्ने थिएन, समस्या आइपर्ने थियो,’ सम्बद्ध स्रोतले भन्यो, ‘तर पनि माहुरीकै कारण विमान ४० मिनेट ढिलो भयो।’ उक्त विमानको कमान्डर पाइलटमा एमएम डंगोल थिए।

निगमका अर्का पाइलटका अनुसार बैंङलोरमा जहाजमा माहुरी झुम्मिएको यो तेस्रो घटना हो। ‘यसअघि अन्य कम्पनीका विमानलाई माहुरीले असर पुर्‍याएको थियो,’ ती पाइलटले कान्तिपुरसँग भने, ‘हाम्रो विमानका लागी यो पहिलो घटना हो।’ यदि कामदारले असावधनीबस औषधि छर्केको भए त्यहाँ रहेका अन्य विमानका यात्रुलाई माहुरीले आक्रमण गर्ने सम्भावना थियो। तर, संयोगबस त्यस्तो हुन पाएन। कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपाको केन्द्रीय समिति बैठक सोमबार
राप्रपाको केन्द्रीय समिति बैठक सोमबार
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
प्रधानमन्त्रीद्वारा गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन प्रस्ताव
शान्तिपूर्ण कार्यक्रममा कांग्रेस कार्यकर्ता पसेपछि….
शान्तिपूर्ण कार्यक्रममा कांग्रेस कार्यकर्ता पसेपछि….
दाङका १३६ मतदान स्थल संवेदनशील
दाङका १३६ मतदान स्थल संवेदनशील
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो: नायिका तामाङ
सगरमाथा चढ्न असफल भएको भन्दा उल्टै चरित्र हत्या गर्न खोजियो: नायिका तामाङ
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
प्रतिनिधिसभा विघटन मुद्दा; पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर
बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली
बसाइँसराइको प्रभाव : पाँच लाख बस्न योग्य घर खाली
‘कृ’को ट्रेलर सार्वजनिक, अनमोल केसी पुरै एक्सन अवतारमा
‘कृ’को ट्रेलर सार्वजनिक, अनमोल केसी पुरै एक्सन अवतारमा