भूकम्प पिडितलाई यथासक्दाे चाडो पुनर्वास गराउन मुख्यमन्त्री पौडेलको आग्रह

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर ३, २०७५
|
|
५४ पटक हेरिएको
Shares
भूकम्प पिडितलाई यथासक्दाे चाडो पुनर्वास गराउन मुख्यमन्त्री पौडेलको आग्रह

सारांश

  • हेटौंडा, ३ मंसिर ।
  • जाडो बढे संगै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुननिर्माणको बिषयमा पनि चासो ब्यक्त गर्नु भएको छ।
  • यसैले यसबारे वहाँले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) सुशिल ज्ञवालीसंग पुननिर्माणका बिषयमा जानकारी लिनुभएको छ ।

हेटौंडा, ३ मंसिर । जाडो बढे संगै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुननिर्माणको बिषयमा पनि चासो ब्यक्त गर्नु भएको छ।यसैले यसबारे वहाँले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ( सिईओ ) सुशिल ज्ञवालीसंग पुननिर्माणका बिषयमा जानकारी लिनुभएको छ । सोमबार मुख्यमन्त्री पौडेल र सिईओ बीच भएको भेटवार्तामा पुननिर्माणमा भईरहेको प्रगतिका बिषयमा कुराकानी भएको थियो ।

मुख्यमन्त्री पौडेलले भुकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य चौकीहरुको पुननिर्माण तिब्र गतिमा गर्नुपर्ने बताउनुभएको थियो । त्यसैगरी जाडो महिना सुरु भईसकेको भन्दै मुख्यमन्त्री पौडेलले भुकम्पपिडित परिवारलाई यथाशिघ्र घर निर्माण गरी पुनरबासको व्यवस्था गर्न आग्रह समेत गर्नुभयो । छिटो भन्दा छिटो भुकम्पबाट पीडितभएकाहरुको उचित व्यवस्थापन गर्न प्रदेश सरकारले पनि सहयोग गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

सिईओ ज्ञवालीले सकेसम्म कामलाई तिब्रता दिन लागिपरेको बताउनुभयो । बढिभन्दा बढि लाभग्राहिहरुलाई पुन स्थापना गराउन प्राधिकरणले कोशिस जारी राखेको पनि उहाँको भनाई थियो । प्रदेश सरकारले भूकम्पबाट ध्वस्त विद्यालयको भौतिक संरचना पुनर्निर्माण दुई बर्षभित्र सम्पन्न गर्न संघीय सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने नीति तथा कार्यक्रममा उल्लेख समेत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?