भूमिहीनलाई जग्गाको लालपुर्जा दिलाइने

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
भूमिहीनलाई जग्गाको लालपुर्जा दिलाइने

सारांश

  • नुवाकोट, १२ फागुन,जिल्लामा विर्ता, गुठी पीडितको अधिकारका लागि कार्यरत जिल्ला भूमिअधिकार मञ्चका अध्यक्षमा विन्दा नेपाल चयन हुनुभएको छ ।
  • विदुरमा भएको दोस्रो जिल्ला अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।
  • समितिका उपाध्यक्षमा बलभद्र नेपाल, सचिवमा रामचन्द्र गजुरेल, सहसचिवमा नवराज भुजेल र कोषाध्यक्षमा पविना भट्ट चयन हुनु भएको छ ।

नुवाकोट, १२ फागुन,जिल्लामा विर्ता, गुठी पीडितको अधिकारका लागि कार्यरत जिल्ला भूमिअधिकार मञ्चका अध्यक्षमा विन्दा नेपाल चयन हुनुभएको छ । विदुरमा भएको दोस्रो जिल्ला अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।
समितिका उपाध्यक्षमा बलभद्र नेपाल, सचिवमा रामचन्द्र गजुरेल, सहसचिवमा नवराज भुजेल र कोषाध्यक्षमा पविना भट्ट चयन हुनु भएको छ । सदस्यमा कान्छी नेपाली, मदन सूचीकार, सानुकान्छा श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, रणबहादुर तामाङ, रञ्जु लामिछाने र कल्पना न्यौपाने चयन हुनु भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले आफ्नो कार्यकालमा विर्ता र गुठी समस्या समाधानका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग समन्वय गरिने र भूमिहीन सुकुम्वासीलाई जग्गाको लालपुर्जा दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय भूमिअधिकार मञ्चका संस्थापक अध्यक्ष सोमप्रसाद भण्डारीले सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि प्राथमिकतामा नै नपारेको आरोप लगाउनुभयो । जिल्लामा पाँच हजार रोपनी बिर्ता जग्गा(तलबस्वरुप वा खुशी भएर दिइएको) छ । जिल्लाका विदुर, जिलिङ, रातमाटे, दुईपीपल, गोस्र्याङ, चारघरे, खड्गभञ्याङ, गेर्खु र चौघडामा बिर्ता समस्या विद्यमान रहेको मञ्चका अध्यक्ष नेपालले बताउनुभयो । जिल्लामा एक हजार ५५८ परिवारले जोतभोग गरिरहेका चार हजार ९५७ रोपनी बिर्ता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …
नगरपालिकाकाे लागी किनेकाे मोटरसाईकललाई चाउमिन बेच्ने काममा प्रयोग गरेपछि …
दधिराज सुवेदी साहित्य पुरस्कार प्रा डा सुवेदीलाई
दधिराज सुवेदी साहित्य पुरस्कार प्रा डा सुवेदीलाई
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
यस वर्षको बडादशैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ ः मुख्यमन्त्री शाही
विभेद अन्त्य गर्न आर्थिकरुपमा आत्मनिर्भर बनाउनुपर्छ ः मुख्यमन्त्री शाही
फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
फागुनदेखि नारायणीमा सरर पानी जहाज : अनलाइन बुकिङ खुला हुँदै
जेठ ९ गते शुक्रबारको राशिफल यस्तो छ
जेठ ९ गते शुक्रबारको राशिफल यस्तो छ
दशैंतिहारमा चियापान कार्यक्रम आयोजना गर्न रोक
दशैंतिहारमा चियापान कार्यक्रम आयोजना गर्न रोक
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
कांग्रेस महामन्त्री शर्माको सुझावः ओलीले आत्मालोचना गर्नु, भट्टराईले लज्जाबोध नगर्नु
पीपीएल क्रिकेटः पहिलाे खेलमा सन्दिप र सरद भिड्ने (खेलतालिका सहित)
पीपीएल क्रिकेटः पहिलाे खेलमा सन्दिप र सरद भिड्ने (खेलतालिका सहित)
मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने
मन्त्री अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जली दिइने