भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०८०
|
|
५७ पटक हेरिएको
Shares
भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत

सारांश

  • भोजपुर ।
  • भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् ।
  • दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।

भोजपुर । भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदानमार्फत भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक मर्मत गरेका छन् । दैनिकजसो सयौँका सङ्ख्यामा सवारीसाधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो ।

युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । सडक बिग्रिएकाले आवातजावतमा समस्या भएपछि युवाहरूको अगुवाइमा सडक मर्मत गरिएको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताए । सडकका कारण आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगतरूपमा मर्मतका लागि सहयोग गरेको उनको भनाइ छ ।

“बजार क्षेत्रको सडक बिग्रदा दुर्घटना जोखिम बढेको अवस्था थियो”, उनले भने, “सडकका कारण समस्या भएपछि युवाहरूको अगुवाइमा भत्किएको ठाउँमा ढलान गरेका छौँ । सडक मर्मतका लागि आवश्यक सामग्री मैले पनि व्यक्तिगतरूपमा सहयोग गरेकी छु ।”

दैनिकजसो स्थानीयले भोगेका सास्तीलाई नगरपालिकाले बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवासङ्घ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिए । मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
अदालतको मानहानी गरेको भन्दै डा. गोविन्द केसीलाई पक्राउ पुर्जी
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा ः कमल थापा
मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
आज राति उल्का वर्षा हुने, यसपछि सन् २०६१ मा मात्रै देखिने
आज संसदमा यस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली
आज संसदमा यस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
कास्की २ को उपनिर्वाचनमा बामदेव गौतमकी रविन्द्र अधिकारी पत्नी विद्या उम्मेदवार ?
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ  अध्यक्ष दाहाल
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ अध्यक्ष दाहाल
दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो
दुधको मुल्य ९.५० रुपैयाँ बढ्यो
विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली
विकास गर्न चाहेमा पैसाको खाँचो हुँदैन : ओली
यौन दुराचारमा पल्केको विदेशी पक्राउ
यौन दुराचारमा पल्केको विदेशी पक्राउ

तपाईंले छुटाउनुभयो कि?