यौन दुराचारमा पल्केको विदेशी पक्राउ
सारांश
- काठमाडौँ – महानगरीय अपराध महाशाखाले बाल यौन दुराचारमा संलग्न विदेशीलाई पक्राउ गरेको छ ।
- महाशाखा टोलीले काठमाडौँ बस्ने एक युवतीलाई फेसबुकमार्फत साथी बनाई पैसाको लोभ देखाउँदै यौन दुराचार गर्ने स्वीट्जरल्याण्डका ६६ वर्षीय पिटर क्रिश्चियन ल्याङगेनण्डोर्फलाई पक्राउ गरेको हो ।
- काठमाडौँको चुच्चेपाटीस्थित टिगर होटल र भक्तपुरका विभिन्न होटलमा बोलाई उनले यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको जनाइएको छ ।
काठमाडौँ – महानगरीय अपराध महाशाखाले बाल यौन दुराचारमा संलग्न विदेशीलाई पक्राउ गरेको छ ।
महाशाखा टोलीले काठमाडौँ बस्ने एक युवतीलाई फेसबुकमार्फत साथी बनाई पैसाको लोभ देखाउँदै यौन दुराचार गर्ने स्वीट्जरल्याण्डका ६६ वर्षीय पिटर क्रिश्चियन ल्याङगेनण्डोर्फलाई पक्राउ गरेको हो । काठमाडौँको चुच्चेपाटीस्थित टिगर होटल र भक्तपुरका विभिन्न होटलमा बोलाई उनले यौन दुराचार गर्ने गरेको अनुसन्धानमा खुलेको जनाइएको छ ।
अभियुक्त पिटरले चुच्चेपाटीमा टिगर इन र भक्तपुरमा वेलकम हेरिटेज इन होटल साझेदारीमा सञ्चालन गर्दै आएको महाशाखाले जनाएको छ ।
मुलुकी ऐन, जबर्जस्तीकरणी महलको दफा ३ मा १६ वर्षभन्दा कमको नाबालकलाई जबर्जस्ती करणी गरेमा छदेखि १० वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।
प्रतिक्रिया