“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ २४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
“जनयुद्ध” दिवसमा पहिलो पटक ओलीलाई निम्तो

सारांश

  • काठमाडौं, २४ माघ – नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले २२औं ‘जनयुद्ध दिवस’ मनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो पठाएको छ ।
  • यसरी अन्य पार्टीका अध्यक्षलाई निम्तो दिएको यो पहिलो पटक हो ।
  • पहिले आफ्नै पार्टी र कार्यकर्ताबीच माओवादीका विभिन्न घटकले ‘जनयुद्ध दिवस’ मनाउने गरेको थियो ।

काठमाडौं, २४ माघ – नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) ले २२औं ‘जनयुद्ध दिवस’ मनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निम्तो पठाएको छ ।

यसरी अन्य पार्टीका अध्यक्षलाई निम्तो दिएको यो पहिलो पटक हो । पहिले आफ्नै पार्टी र कार्यकर्ताबीच माओवादीका विभिन्न घटकले ‘जनयुद्ध दिवस’ मनाउने गरेको थियो ।

दुई पार्टी बीचमा एकीकरण प्रक्रिया चलिरहेका बेला फागुन १ मा माओवादी मुख्यालय पेरिसडाँडामा मनाइने ‘जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी हुन एमाले अध्यक्ष ओलीलाई निमन्त्रणा गरिएको वाइसिएलले जानकारी दिएको छ ।

फागुन १ मा दिवस मनाउने क्रममा चियापान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटाले बताए । उनले भने, ‘एमाले अध्यक्ष ओलीज्यूलाई जनयुद्ध दिवसको चियापान कार्यक्रममा निम्तो गरेका छौं ।

यदि निम्तो स्विकार गरी एमाले अध्यक्ष ओली कार्यक्रममा पुगेमा पुष्पकमल दाहाल प्रचण्ड र ओलीले सामूहिक रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Anjan Shrestha Anjan

    Rip Rip

    Comment Author

    Anjan Shrestha Anjan

    यो कुकुरको के काम छ र

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?