मकवानपुरमा कृष्ण दाहालको अग्रता बढ्दा कमल थापालाई टेन्सन

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मकवानपुरमा कृष्ण दाहालको अग्रता बढ्दा कमल थापालाई टेन्सन

सारांश

  • मकवानपुरको क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका एमाले उम्मेद्वार कृष्ण दाहालको अग्रता कायमै छ ।
  • उनले राप्रपाका कमल थापाले भन्दा १ हजार ८ सय २९ मत बढी ल्याएका छन् ।
  • हालसम्मको मत परिणाम अनुसार दाहालले १८ हजार ८२ मत प्राप्त गरेका छन् ।

मकवानपुरको क्षेत्र नम्बर १ बाट वाम गठबन्धनका एमाले उम्मेद्वार कृष्ण दाहालको अग्रता कायमै छ । उनले राप्रपाका कमल थापाले भन्दा १ हजार ८ सय २९ मत बढी ल्याएका छन् ।

हालसम्मको मत परिणाम अनुसार दाहालले १८ हजार ८२ मत प्राप्त गरेका छन् । भने थापाले १६ हजार २ सय ५३ मत प्राप्त गर्दै दाहाललाई पच्छाइरहेका छन् । थापा र दाहालको यो भिडन्तलाई निकै चर्चा र महत्वको साथ हेरिएको छ ।

यस अघि पनि ३ पटक आमने सामने भएका दाहाल र थापा यो पटकको भिडन्त पनि उत्तिकै रोचक बनेको छ । २०४८ र २०५६ को निर्वाचनमा दाहालले थापालाई पराजित गरेका थिए भने २०५१ को मध्यावदीमा थापाले दाहाललाई पराजित गरेका थिए ।

राप्रपाका केन्द्रीय अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री थापा र दाहालको चुनावी भिडन्तले राष्ट्रिय रुपमा चर्चा पाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Bhusal

    Good news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?