रास्वपालाई धैर्यता राख्न माओवादी केन्द्रको आग्रह

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ १९, २०७९
|
|
३७ पटक हेरिएको
Shares
रास्वपालाई धैर्यता राख्न माओवादी केन्द्रको आग्रह

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।
  • पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले रास्वपाका अध्यक्ष लामिछानेको नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठ नआउञ्जेलसम्म फेरि गृहमन्त्री हुनेबारे धैर्य गर्नुपर्ने विषयमा पार्टीमा छलफल भएको बताए ।

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकबारे जानकारी दिँदै केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले रास्वपाका अध्यक्ष लामिछानेको नागरिकतासम्बन्धी फैसलाको पूर्णपाठ नआउञ्जेलसम्म फेरि गृहमन्त्री हुनेबारे धैर्य गर्नुपर्ने विषयमा पार्टीमा छलफल भएको बताए ।

“रास्वपाले धैर्यता गर्नुपर्छ, किनभने मुद्दाको पूर्णपाठ आएको छैन, मुद्दा सकिएको पनि छैन, मन्त्रिमण्डलमा के गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी नै छ”, उपाध्यक्ष महराले भने,“सो विषयमा उनका भनाइ आएका छन्, तर त्यो भनाइले सत्ता साझेदार दलबीचमा कुनै समस्या पैदा भएको छैन ।”

सरकारमा रहने वा सरकारबाट बाहिरिने भन्नेबारे निर्णय गर्न रास्वपाको केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठक अहिले वसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको छ । रास्वपाबाट हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षामन्त्री शिशिर खनाल र स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की हुन्।

सर्वोच्च अदालतले माघ १३ गते उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद र पार्टी सभापति पद गुमेको थियो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए ।

यही माघ १५ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट कानुनबमोजिम लामिछानेले पुनः नागरिकता लिइसकेका छन् । नागरिकता प्रकरणमा लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएपछि रास्वपाले फेरि उक्त मन्त्रालय आफूहरूलाई नै दिनुपर्ने माग गर्दै आएको छ ।

(prodavinci.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
एमाले शीर्षनेताहरु दुई नम्बर प्रदेशमा केन्द्रित (को-कहाँ ?)
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम
जाल्पा एकिकृत र वल्र्ड भिजनले गरे उदयपुरका पत्रकार लाई धनकुटामा तालिम
काँग्रेस संगठित हुनुको विकल्प छैन- महामन्त्री कोइराला
काँग्रेस संगठित हुनुको विकल्प छैन- महामन्त्री कोइराला
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा को को पत्रकार भए पुरस्कृत ?
पहिरोको जोखिम अध्ययन शुरु
पहिरोको जोखिम अध्ययन शुरु
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
राष्ट्रपतिको युएई भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध विस्तारमा योगदान पुग्ने
प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी
प्रधानमन्त्रीदेखि पूर्वसभामुखसम्मले फिर्ता गरेनन् सरकारी गाडी
सुनका सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
सुनका सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
फ्रान्समा वामपन्थी गठबन्धन बन्यो ठूलो दल
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ
अधिकांश नियोगलाई एउटै बास्केटमा राखेर बजेट विनियोजन गरियो : महासेठ

तपाईंले छुटाउनुभयो कि?