२ वटा बुटेल प्रुफ कार नेपाल आई पुगे, मोदीले यि २ वटा महत्वपूर्ण काम गर्ने
सारांश
- काठमाडाै, २५ वैशाख ।
- भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ सुरक्षाकर्मी नेपाल आई पुगेका छन्।
- सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाडौं अवतरण गरेको छ।
काठमाडाै, २५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमणका लागि २ वटा बुटेल प्रुफ कारसहित ५९ सुरक्षाकर्मी नेपाल आई पुगेका छन्।
सुरक्षाकर्मी र सामाग्री बोकेर भारतीय बायु सेनाको चार्टर विमान मंगलबार ११ बजे काठमाडौं अवतरण गरेको छ।
विमानस्थल स्रोतका अनुसार विमानमा दुईवटा बुलेट प्रुफ गाडी सहित आवश्यक सुरक्षा सामग्री नेपाल भित्रिएको छ।
भारतीय पक्षले आवश्यक सामाग्री फिर्ता भारत नै लैजाने गरी भन्सार छुटका लागि गृहमन्त्रालयबाट पत्र ल्याएपछि ती सामाग्री विमानस्थलबाट तोकिएको स्थानमा लैजाने तयारी गरिएको छ।
काठमाडौंमा रहँदा मोदीको प्रयोगका लागि दुईवटा बुलेटप्रुफ गाडी, चालक दलका १८ सदस्य र ४१ जना कमाण्डो नेपाल आएको बताइएको छ।
भारतीय वायु सेनाको आईएसजी २७१८ फ्लाइट नम्बर रहेको उक्त विमानमै सुरक्षाकर्मीका लागि आवश्यक हातहतियार, बन्दोबस्ती र आपत्कालिन अवस्थामा आवश्यक सामाग्री ल्याईएको हो।
मोदीको सुरक्षाका लागि खटिने स्पेशल प्रोटेक्सन ग्रुप (एसपीजी) का सदस्यले नेपाली सेनासँगको सहकार्यमा मोदीको पहिलो घेरामा सुरक्षा दिनेछन्।
काठमाडौंमा मोदीको प्रयोगका लागि ल्याइएका बुलेटप्रुफ गाडीहरु बिएमडब्ल्यू सेभेन सिरिजका सेडान गाडी हुन्। यी गाडीहरु एम्बुसमा परेपनि गाडीमा सवार यात्रु सुरक्षित रहने बताइन्छ। यसैगरी ती गाडी बम आक्रमणबाट पूर्ण सुरक्षित मानिन्छन्।
सुरक्षा स्रोतका अनुसार मोदी सुरक्षाका लागि नेपाल आएका एसपीजी सदस्यले आफूले बोक्ने गल्क १७ पेस्तोल र एफएन एफ २००० असल्ट राईफल ल्याएका छन्।
सानो तर आधुनिक र शक्तिशाली यी हतियार मोदीको सुरक्षामा प्रयोग भएर भारत नै फिर्ता जानेछन्।
यस्तै सोमबार जनकपुर आएको भारतीय बिशेष विमानमा करिब २४ जना सुरक्षाकर्मीका लागि आवश्यक सवारीसाधन, हातहतियार र बन्दोबस्तीका सामाग्रीपनि ल्याइँदैछन्।
२८ गते नयाँ दिल्लीबाट सिधैं नेपालको जनकपुरधाम आउने २ वटा महत्वपूर्ण काम गर्ने बुझिएको छ । जनकपुरमा रहँदा प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
स्रोतका अनुसार जनकपुरबाट काठमाडौं आएपछि उनलाई टुँडिखेलमा गार्ड अफ अर्नर दिइने कार्यक्रम तय भएको छ । त्यसमा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । काठमाडौं आएलगत्तै मोदीले द्वारिकाज होटलमा नेपालका उच्च अधिकारी तथा विभिन्न दलका नेताहरूसँग भेट गर्नेछन् ।
सोही होटलबाट प्रधानमन्त्री ओली र मोदीले स्वीच थिचेर ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तालिका बनेको छ ।
Krishna Ram Awal
1st nepali ma sambodan ani buddha was born in Nepal…. ani afno desh ma farkera buddha india ki hey bhancha…. sakigo ni
Thapachhabiraj Thapa
Fuck oli
Lal Gurung
Nepal ko army police kam chai k sabai varat bat nai anuuune rahexa army haru ani modi ko suraxa ko lagi ,,,,