कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
५७ पटक हेरिएको
Shares
कांग्रेसी मन्त्रीको चेतावनी- आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेस समाप्त हुन्छ

सारांश

  • गुलरिया, २७ साउन ।
  • सिँचाइमन्त्री एवम् नेपाली काँग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेसीको भविष्य समाप्त हुनसक्ने बताउँदै समग्र काँग्रेस निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
  • सिँचाइमन्त्री बनेपछि पहिलो पटक राजापुर क्षेत्रमा पुग्नुभएका मन्त्री गौतमले नेपाली काँग्रेस क्षेत्र नं ४ ले राजापुरमा विहिबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आपसी अन्तरविरोध कम गर्न नसके समग्र काँग्रेस निर्माण नहुने र त्यसले आगामी निर्वाचनमा पनि असर पुग्न सक्ने बताउँदै समग्र काँग्रेसमा नै सबैको भविष्य रहेको जिकिर गर्नुभयो ।

गुलरिया, २७ साउन । सिँचाइमन्त्री एवम् नेपाली काँग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेसीको भविष्य समाप्त हुनसक्ने बताउँदै समग्र काँग्रेस निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सिँचाइमन्त्री बनेपछि पहिलो पटक राजापुर क्षेत्रमा पुग्नुभएका मन्त्री गौतमले नेपाली काँग्रेस क्षेत्र नं ४ ले राजापुरमा विहिबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै आपसी अन्तरविरोध कम गर्न नसके समग्र काँग्रेस निर्माण नहुने र त्यसले आगामी निर्वाचनमा पनि असर पुग्न सक्ने बताउँदै समग्र काँग्रेसमा नै सबैको भविष्य रहेको जिकिर गर्नुभयो ।

काँग्रेस कार्यकर्ताबीच आपसी अन्तरविरोध र इगोका कारण राजापुर क्षेत्रमा बहुमत वडा जितेर पनि प्रमुख–उपप्रमुख गुमाउनु परेको प्रस्ट पार्दै काँग्रेस बर्दियाका सभापतिसमेत रहनुभएका गौतमले इगो नत्यागे समग्र काँग्रेस निर्माण हुन नसक्ने र त्यसको असर आगामी निर्वाचनमा समेत परी समग्र काँग्रेसीको भविष्य नै समाप्त हुन सक्ने बताउनुभयो ।

केही समयपछि हुनलागेको प्रदेश तथा केन्द्र चुनावमा बर्दियामा दुईवटा निर्वाचन क्षेत्र कायम रहने सङ्केत देखिएको प्रस्ट पार्दै नेता गौतमले कार्यकर्ता र नेताबीच अन्तरविरोध हटाएमा बर्दियामै सबै सिट काँग्रेसले जित्ने दाबी गर्नुभयो ।

आफू मन्त्री हुनुमा बर्दियाका जनता र नेपाली काँग्रेसको ठूलो योगदान रहेको धारणा राख्दै उहाँले आफूलाई अधिकतम रुपमा उपयोग गर्न कार्यकर्तालाई सुझाव दिनुभयो । आफूले बर्दियाको माटो, विकास र राजनीति धेरै नजिकबाट बुझेको बताउँदै सिँचाइमन्त्री गौतमले आफू मन्त्री हुँदासम्म राजापुरको कर्णाली नियन्त्रण आयोजना, कैलालीको रानी जमरा सिँचाइ आयोजना, बबई सिँचाइ आयोजना र भेरी बबई डाइभर्सन आयोजनाको निर्माण कार्यले उच्च गति लिने बताउनुभयो ।

पश्चिम क्षेत्रमा रहेका राष्ट्रिय गौरवको आयोजनालाई समयमै सम्पन्न गर्न गराउन आफू लागिपरेको प्रस्ट्याउँदै उहाँले सिँचाइ मन्त्रालयका सचिव, महानिर्देशक, जल उत्पन्नका महानिर्देशक सहितको टोली लिएर आफू आयोजनाहरुको निरीक्षणमा रहेको बताउनुभयो ।

नेपाली काँग्रेस क्षेत्र नं ४ का सभापति दीपकजंग शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस बर्दियाका पूर्वसचिव भोजराज जोशीलगायतले राजापुर क्षेत्रमा कर्णाली नदी नियन्त्रण आयोजनामा थप बजेट विनियोजन गर्न, बूढीखोलालाई पनि कर्णाली नदी नियन्त्रण आयोजनामा सामेल गर्न र सतीघाटको पुलको पूर्वी किनारमा थप पक्की तटबन्ध गर्न सुझाव दिनुभएको थियो ।

मन्त्री तथा काँग्रेस नेता गौतमलाई राजापुर नगरवासीका तर्फबाट राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, उपप्रमुख मनकला चौधरी र कार्यकारी अधिकृत चिरञ्जीवी गिरीले स्वागत गर्नुभएको हो ।

स्वागतपछि नगरप्रमुखको कार्यकक्षमा नगरप्रमुख चौधरीले सिँचाइमन्त्री गौतमले सतीघाटको पुलको पूर्वी किनारमा हालको भन्दा चौडा र लामो पक्की तटबन्ध निर्माण गर्नुपर्ने, राजापुर क्षेत्रका किसानको सिँचाइको स्रोतका रुपमा रहेको बूढीखोलामा बढिरहेको बालुवाकरण रोक्न विशेष संरचना बनाउनुपर्ने र कर्णाली, गेरुवा तथा बूढीखोलामा आउने बाढीका कारण कटान तथा डुबान हुने क्षेत्रमा नदी कटान नियन्त्रण हुनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाउनुभयो ।

बर्दिया उद्योग वाणिज्य सङ्घका तर्फबाट पनि मन्त्री गौतमलाई स्वागत गर्दै ज्ञापनपत्र बुझाइएको छ । मन्त्री गौतमलाई नापनक्सा तथा कित्ताकाट भइसकेको राजापुर बजारका बासिन्दालाई तत्काल जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन भूमिसुधार मन्त्रालयमा पहल गरिदिनुपर्ने मागसहित बर्दिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष चन्दे्रश्वर सुवेदी, उपाध्यक्ष गोविन्द रिजाल र सदस्य मोहन झा सहितको टोलीले स्वागत गर्दै ज्ञापनपत्र बुझाएको हो ।

मन्त्री गौतमलाई ढोढरीको खाता सामुदायिक वनको तर्फबाट पनि स्वागत गर्दै ज्ञापनपत्र बुझाइएको छ । मन्त्री गौतमलाई नेपाली काँग्रेसका जिल्ला सदस्य सुरेशराज योगी, ढोढरी गाउँसमितिका सभापति बलिराम थारू, सूर्यपटुवा काँग्रेसका युवानेता मिनु थापा लगायत नेता तथा कार्यकर्ताले स्वागत गर्दै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ओराई नदीको पत्थरबोझीमा पक्की पुल, ओराई नदीका विभिन्न स्थानमा तटबन्ध लगायतका माग राखेका थिए ।

नेपाली काँग्रेस क्षेत्र नं ४ का तर्फबाट क्षेत्रीय सभापति दीपकजंग शाह सहितका नेता तथा कार्यकर्ताले सतीघाटमा सिँचाइमन्त्री सञ्जयकुमार गौतमको भव्य स्वागत गरेका थिए । मन्त्री गौतमलाई नेवि सङ्घका स्थानीय युवा विद्यार्थीले राजापुर पार्टी कार्यालयमा पु-याएका थिए ।

मन्त्री गौतमको स्वागतमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ४ का सभापति दीपकजंग शाहले कर्णाली नदी नियन्त्रण आयोजनामा थप बजेट विनियोजन गर्न, बूढीखोलालाई पनि कर्णाली नदी नियन्त्रण आयोजनाभित्र सामेल गर्नुपर्ने माग अघि सार्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतमै गोविन्द केसीले प्रधानन्यायाधीशलाई माफिया भनेपछि…
विनासकारी भूकम्पको चार वर्ष : पराकम्पले ठूलो भूकम्पको जोखिम कम
विनासकारी भूकम्पको चार वर्ष : पराकम्पले ठूलो भूकम्पको जोखिम कम
सन्दीपको बीपीएल डेब्यू खेल शुरु (लाईभ भिडियो)
सन्दीपको बीपीएल डेब्यू खेल शुरु (लाईभ भिडियो)
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
सरकारलाई यातायात व्यवसायीको धम्की, निर्देशिका खारेज गर्न माग
एसिया कप छनाेटः नेपालकाे १ सय ५० रन पुरा नेपाललाई जित्न कुनै चमत्कार अावश्यक
एसिया कप छनाेटः नेपालकाे १ सय ५० रन पुरा नेपाललाई जित्न कुनै चमत्कार अावश्यक
न्यून चापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
न्यून चापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
चितवनका युवाको पनि उपचार सफल, कोरोना निको हुने नेपालीको संख्या १२ पुग्यो
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम
प्रचण्ड वलीले गरे यस्तो घिनलाग्दो काम
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
भानुभक्तका पनाति भन्छन्, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाइएन
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत
मेलम्ची आयोजनाको ठेकेदार कम्पनीको धरौटी जफत

तपाईंले छुटाउनुभयो कि?