मकवानपुर-मा एमालेका महेश बर्तौला निर्वाचित

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ८, २०७९
|
|
४० पटक हेरिएको
Shares
मकवानपुर-मा एमालेका महेश बर्तौला निर्वाचित

सारांश

  • नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित भएका छन्।
  • मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन्।
  • बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत प्राप्त गरे।

नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित भएका छन्।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर-२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन्।

बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले ३० हजार तीन सय ९४ मत प्राप्त गरे।

यस क्षेत्रमा प्रदेशका दुवै सिट गठबन्धनले जितेको छ। २ को ‘१’ मा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्यसमेत रहेकी बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मुक्तान विजयी भइन्छ भने २ को ‘२’ मा नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्र बानियाँ निर्वाचित भएका छन्।

मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को मतगणना भने जारी रहेको छ। १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले पछि पारिरहेकि छन् भने राप्रपाका दीपकबहादुर सिंह सँगसँगै छन्। हेटौँडाको मुख्यबजार क्षेत्रको मत गणना बाँकी रहेको छ। यस क्षेत्रका प्रदेशका दुवै सिटको नतिजा भने सार्वजनिक भइसकेको छ।

क्षेत्र नं १ को प्रदेशसभा १ मा माओवादीका प्रेमबहादुर पुलामी र २ मा एमालेका एकलाल श्रेष्ठ विजयी भएका छन्। संविधानसभा सदस्य पुलामी यसअघि पनि प्रदेशसभा सदस्य थिए। त्यस्तै एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एकलाल भने संसदीय राजनीतिमा नयाँ अनुहार हुन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    free binance account

    Your article helped me a lot, is there any more related content? Thanks! https://www.binance.com/en-IN/join?ref=UM6SMJM3

    Comment Author

    binance sign up bonus

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुर घटनाका घाइतेको उपचार सरकारले गर्ने
कञ्चनपुर घटनाका घाइतेको उपचार सरकारले गर्ने
कबड्डीको उर्वरभूमिः हल्दुखालदेखि तिलाचौरसम्म
कबड्डीको उर्वरभूमिः हल्दुखालदेखि तिलाचौरसम्म
नेपालको २५० रन पुरा, सागर र दिपेन्द्रको सतकिय साझेदारी
नेपालको २५० रन पुरा, सागर र दिपेन्द्रको सतकिय साझेदारी
पूर्वडीआईजी नवराज सिलवालको ललितपुर २ मा उम्मेदवारी दर्ता !
पूर्वडीआईजी नवराज सिलवालको ललितपुर २ मा उम्मेदवारी दर्ता !
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
जाजरकोटमा कांग्रेसका राजीवविक्रम अगाडि, पूर्व गृहमन्त्री शक्ति बस्नेत पछाडि
पैसावाल दीपक बोहोरा, सिद्धान्तवाल घनश्याम भुसाल !
पैसावाल दीपक बोहोरा, सिद्धान्तवाल घनश्याम भुसाल !
परदेशीको पिडा समेटेर बसन्त र कुलेन्द्रको सहकार्यमा अर्को प्रस्तुति (भिडियो सहित)
२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
२१ ठेक्का रद्द, १८ निर्माण कम्पनी कालोसूचीको प्रक्रियामा
पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै
पश्चिम रुकुममा माओवादीका जनार्दन शर्माको अग्रता कायमै
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान
कोशी प्रदेश सरकारद्वारा पहिचानवादीलाई वार्तामा आउन आह्वान