मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २७, २०८२
|
१
|
७० पटक हेरिएको
Shares
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमाले सचिवालय बैठकको निर्णय

सारांश

  • भक्तपुर ।
  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ।
  • अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आइतबार सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आइतबार सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने जानकारी दिँदै उनले देशको विषम परिस्थितिका कारण एक वर्षअघि नै महाधिवेशन गर्न लागेको बताए।

विसं २०७८ मङ्सिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनले पाँच वर्षका लागि ओली नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो भने एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो।

बैठकले बैठकले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने मागसमेत गरेको उनले जानकारी दिए। यस्तै, सरकारले सबैलाई एकताबद्ध बनाएर लैजान सक्नुपर्ने बैठकको निष्कर्ष रहेको सुनाए।

आजको बैठकमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरु योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, गोकर्ण विष्ट, रघुवीर महासेठ र लेखराज भट्टले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो धारणा राखेका थिए। यसअघि शुक्रबार सचिवालयका अन्य सदस्यले धारणा राखेका थिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance kod

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिमा फोहर हुनुहुन्नः अध्यक्ष ओली
राजनीतिमा फोहर हुनुहुन्नः अध्यक्ष ओली
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
पार्टी एकताको लागि हामी पछि हट्ने अवस्थामा छैनौं : उपप्रधानमन्त्री महरा (भिडियो/अन्तर्वार्ता)
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
रोनाल्डो र गाब्रियलको गोलमा अल नासर विजयी
रोनाल्डो र गाब्रियलको गोलमा अल नासर विजयी
यी हुन् बढुवा भएका सशस्त्रका पाँच एआइजी
यी हुन् बढुवा भएका सशस्त्रका पाँच एआइजी
कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
कीर्ते गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनााइदिने समूह पक्राउ
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
मतदानको लाइनमा बसेका बेला दुई जना ज्येष्ठ नागरिकको मृत्यु
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल
शोकलाई शक्तिमा बदल्दै माओवादीले देश र जनताको हितमा अझै राम्रो काम गर्न सकोस् : नेता डा रिजाल

तपाईंले छुटाउनुभयो कि?