मतदाता शिक्षा शुरु

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २७, २०७४
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • रत्ननगर, चितवन, २७ कात्तिक : चितवनमा मतदाता शिक्षाका स्वयंसेवकहरु परिचालन गरिएको छ ।
  • जिल्लामा छनोट भएका ४०८ स्वयंसेवकमध्ये १५० जनालाई आज प्रशिक्षण दिएर मतदाता शिक्षाका लागि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार आज झण्डै २०० जनाको प्रशिक्षण रहेको र उनीहरुलाई पनि आजै परिचालन गरिनेछ ।

रत्ननगर, चितवन, २७ कात्तिक : चितवनमा मतदाता शिक्षाका स्वयंसेवकहरु परिचालन गरिएको छ ।

जिल्लामा छनोट भएका ४०८ स्वयंसेवकमध्ये १५० जनालाई आज प्रशिक्षण दिएर मतदाता शिक्षाका लागि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आज झण्डै २०० जनाको प्रशिक्षण रहेको र उनीहरुलाई पनि आजै परिचालन गरिनेछ । बाँकी अन्यलाई मंगलबार प्रशिक्षणपश्चात खटाइने ढकालले जानकारी दिनुभयो ।

जिल्लामा १६१ मतदान स्थलमा ४०८ वटा मतदान केन्द्र रहेको छ । हरेक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा स्वयंसेवक रहनेछन् । यसपालि भने उनीहरुले गाउँको टोल विकास संस्था र महिला समूहसँग समन्वय गरेर एउटा टोलमा एकैचोटि मतदाता शिक्षा प्रदान गर्नेछन् ।

यसअघि घरघरमा जाँदा मानिस नभेटिने गरेकाले अहिले सामूहिक रुपमा मतदाता शिक्षा दिन लागिएको छ । यसपटक स्कुलमा गएर विद्यार्थीलाई जानकारी गराई उनीहरुका अभिभावकलाई सिकाउन आह्वान गरिने ढकालले बताउनुभयो ।

उनीहरुले मतदान गर्न पर्नाको कारण, मताधिकार के हो, कसरी भोट हाल्दा बदर हुँदैन । किन उम्मेदवार छान्ने भनेर जानकारी गराउनेछन् । भोट बदर नहोस् र धेरै मत खसोस् भन्ने लक्ष्यसहित मतदाता शिक्षा दिन लागिएको हो । जिल्लामा तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । उम्मेदवारहरु अहिले गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेमा सामान्य सुधार: जलविद्युत् समूहको नेतृत्वमा २ अर्ब ९० करोडको कारोबार
नेप्सेमा सामान्य सुधार: जलविद्युत् समूहको नेतृत्वमा २ अर्ब ९० करोडको कारोबार
चार वर्षमा रु ३८ करोड खर्च गरेपछि सडक पुग्याे
चार वर्षमा रु ३८ करोड खर्च गरेपछि सडक पुग्याे
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
रुसले युक्रेनका सैन्य जहाज कब्जा गरेपछि तनाव, नेटो र ईयू सक्रिय
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला केरुङ¬–काठमाडौँ सुरुङमार्ग निर्माणको सम्झौता हुन्छ’
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
केन्द्रीय बैंकले १० अर्ब बराबरको निक्षेप सङ्कलन गर्ने
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन
भारतमा आज चौथो चरणको निर्वाचन : कसले मार्ला बाजी  ?
भारतमा आज चौथो चरणको निर्वाचन : कसले मार्ला बाजी ?
छोराले बिहे गर्दा बाबुआमा कुटिए
छोराले बिहे गर्दा बाबुआमा कुटिए
विश्वकप फुटबल: अर्जेन्टिना फाइनलमा
विश्वकप फुटबल: अर्जेन्टिना फाइनलमा
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा
कोरोना भाइरसको खोप बनाउन चीन, अमेरिका र भारतबीच प्रतिष्पर्धा

तपाईंले छुटाउनुभयो कि?