मतदान नगर्नेमा दीपक मनाङेबाहेक अरु छ जना को-को हुन् ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
५१ पटक हेरिएको
Shares
मतदान नगर्नेमा दीपक मनाङेबाहेक अरु छ जना को-को हुन् ?

सारांश

  • काठमाडौं।
  • माघ २५ ।
  • राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार भएको मतदानमा सातजना मतदाता अनुपस्थित भएका छन्।

काठमाडौं। माघ २५ । राष्ट्रिय सभा निर्वाचनका लागि बुधबार भएको मतदानमा सातजना मतदाता अनुपस्थित भएका छन्। कूल एक हजार ६७७ मतदाता मध्ये एक जनाको मृत्यु भइसकेको छ भने सात जना मतदान गर्न गएनन्।

प्रदेश १ बाट तीन जनाले मतदान गरेनन् । मतदानमा अनुपस्थित रहने मतदातामा संखुवासभा जिल्ला मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा र ताप्लेजुङबाट निर्वाचित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद् विष्णु तुम्बाहाम्फे छन्।

प्रदेश ४ मा एक मतदाता अनुपस्थित भए । मनाङबाट निर्वाचित प्रदेश सांसद राजिब गुरुङ ( दीपक मनाङे) भने मतदानमा सहभागी भएनन् । उनी प्रहरीको फरार सूचीमा परेका छन् ।

प्रदेश ५ मा पनि दुई जनाले मतदाताले मतदान गरेका छैनन्। अनुपस्थित हुने मतदातामा राजपाबाट प्रदेश सभामा समानुपातिक सदस्य जितेकी बीना पन्त र संघीय समाजवादी फोरमबाट बाँकेको नरैनापुर गाउँपालिकामा अध्यक्ष जितेका इश्तियाक अहमद शाह रहेका छन् ।

प्रदेश ७ मा पनि दुई जना मतदाता अनुपस्थित रहे । राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदान गरेनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?