लोकतन्त्र खतरामा छैन नेपाली काङ्ग्रेस खतरामा छ – नेता हृदयेश त्रिपाठी
सारांश
- रबिन्द्र यादव/ नवलपरासी संयुक्त बाम गठबन्धन तथा स्वतन्त्र राजनितीक समुह नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका लागि सुर्य ध्वजाबाहक उम्मेदवार हृदयेश त्रिपाठीले संयुक्त बाम गठबन्धनका कारण लोकतन्त्र खतरामा नभई नेपाली काङ्ग्रेस खतरामा रहेको बताउनु भएको छ ।
- नेता त्रिपाठीले अगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि संयुक्त बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहको दुई तिहाइको सरकार बन्ने पक्का भएपछि लोकतन्त्र खतरामा परेको र सिमा बन्द हुने जस्ता तमाम झुठो अफवाह फैलाएर मतदातालाई नेपाली काङ्ग्रेस गुमराह गरेर ठगिन खोजेको बताउनु भएको थियोे ।
- नेता त्रिपाठीले नेपाली काङ्ग्रेसले चार बर्ष बितिसक्दा पनि यस निर्वाचन क्षेत्रमा विकासको नाममा अाफ्नो कार्यकर्ता र नातागोता लाई सांसद विकास कोषको रकम पालनपोषण गर्न मात्र खर्च गरेको समेत अारोप लगाउनु भयो ।
रबिन्द्र यादव/ नवलपरासी
संयुक्त बाम गठबन्धन तथा स्वतन्त्र राजनितीक समुह नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका लागि सुर्य ध्वजाबाहक उम्मेदवार हृदयेश त्रिपाठीले संयुक्त बाम गठबन्धनका कारण लोकतन्त्र खतरामा नभई नेपाली काङ्ग्रेस खतरामा रहेको बताउनु भएको छ । नेता त्रिपाठीले अगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि संयुक्त बाम गठबन्धन र स्वतन्त्र राजनितीक समुहको दुई तिहाइको सरकार बन्ने पक्का भएपछि लोकतन्त्र खतरामा परेको र सिमा बन्द हुने जस्ता तमाम झुठो अफवाह फैलाएर मतदातालाई नेपाली काङ्ग्रेस गुमराह गरेर ठगिन खोजेको बताउनु भएको थियोे ।
नेता त्रिपाठीले नेपाली काङ्ग्रेसले चार बर्ष बितिसक्दा पनि यस निर्वाचन क्षेत्रमा विकासको नाममा अाफ्नो कार्यकर्ता र नातागोता लाई सांसद विकास कोषको रकम पालनपोषण गर्न मात्र खर्च गरेको समेत अारोप लगाउनु भयो । त्रिपाठीले अाफ्नो २२ बर्ष सांसद र मन्त्री रहदा यातायात, शिक्षा, स्वास्थ , खानेपानी, सिचाइ लगायत क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउदै , त्रिपाठीले अाफ्नो कार्यकालमा बनेको कालोपत्र सडकमा पान गुटखा खाएर सोही सडकमा थुक्नेहरुले मैले के गरेको प्रश्न सोध्नेहरुले नेपाली काङ्ग्रेस चार बर्षमा कार्यकर्ता र नातागोता पालनपोषण बाहेक अरु के गरेको भनेर काङ्ग्रेस माथि उल्टै प्रश्न गर्नु भएको थियोे ।
शनिबार सुस्ता गाउपालिका वडा नम्बर ४ नर्सही मा भएको चुनावी सभालाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार हृदयेश त्रिपाठी, प्रदेश सभाका उम्मेदवार अजय बहादुर शाही, समानुपातिक उम्मेदवार सीता बौडेल, सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डे, शिन्धु जलेसा, श्यामकृष्ण अधिकारी, दिर्घजिवी पोखरेल , ज्ञान प्रसाद पाठक लगायतका नेता सभालाई संवोधन गरेका थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Narbahadaur Kunwar
धराैटी जफत हुन्छ
Thapa Kaji Kanchan
जफत हुना त्यरी बुडिको कानको मुन्द्री क्यारे मुला
Thapa Kaji Kanchan
He byakup jhan नेपाली काङ्ग्रेस बलिवा हुँदै गएको छ ??
Mohan Kayasta
Tripathy ta Tinpate bhayechha. Thukka Zindagi .yesto Pani k Zindagi. Aamalai Laat diyechhan Bau Patti marechhan ?.
Damodar Dahal
नव कमरेड ज्यू , यदि काँग्रेस यो मुलुकमा संकटमा भैदिएको भए तपाईँको उमेदवारी एमाले बाट नै हुँदैनथ्यो ! काङ्रेस सँग प्रतिशोध लिन न सक्ने भाको हुँदा आफ्नो कार्यकर्ता लाई हटाएर तपाईँलाई टिकट देको हो ! अनि कसरी काँग्रेस खतरामा छ त ! अब तपाईँ जहाँ गयो त्यही दह्रो हुने हो भने मधेशी भएर मधेशबादी दललाई किन दह्रो न बनाएर गैर मधेशवादी दललाई दह्रो बनाउँदै हुनुहुन्छ ? मधेशीले यो कुरा बूझ्या छैनन् की जस्तो लाग्छ हजुरलाई !
Ramesh Wagle
याे चुनाबमा काङ्ग्रेसलाई राम राम भन्न पर्ला जस्ताे छ।
Amrit Rai
Hijo samma UML lai gaddhar vanne Tripathi Ji aaja lusukka surya chinhama chunab laddako ko parinam 21 pachhi thaha hunchha.
Daniel Lama
नेपाली काङ्ग्रेस मिति गुज्रेको औषधी हो
Krishna Khadka
नेपाली काङ्ग्रेस खतरामा हुनुनै लोकतन्त्र खतरामा हुनुहो।