मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २१, २०७८
|
|
३८ पटक हेरिएको
Shares
मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

सारांश

  • काठमाडौं।
  • ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ ।
  • यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।

काठमाडौं। ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ ।

आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ को उपदफा ६ मा भएको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलको चुनाव चिह्नको रोलक्रम निर्धारण गर्ने भएको हो ।
सो दफाको उपदफा ६ मा ‘निर्वाचन चिह्न मतपत्रमा समावेश गर्दा त्यस्तो दलले तत्काल अघि भएको प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा समावेश गरिनेछ ।’ भन्ने उल्लेख छ ।

सो कानुनअनुसार मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न सूर्य पहिलो, कांग्रेसको ‘रुख’ दोस्रो, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा तेस्रो, जसपाको ढल्केको छाता चौंथो, लोकतान्त्रिक समाजवादी पार्टी (लोपाका)को साइकल पाँचौं र नेकपा एकीकृत समाजवादीको चुनाव चिह्न कलम छैटौं नम्बरमा रहने भएको हो । यी ६ दल राष्ट्रिय मान्यता प्राप्त हुन् ।

यसैगरी, सातौं नम्बरमा विवेकशील साझा पार्टीको चिह्न तराजु, आठौंमा राप्रपाको हलो, नवौंमा जनमोर्चाको गिलास र १०औं नम्बरमा नेपाल मजदुर किसान पार्टीको चिह्न मादल रहने आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचनको मतदान सातै प्रदेशमा सुरु
राष्ट्रियसभा निर्वाचनको मतदान सातै प्रदेशमा सुरु
रवि लामिछानेले गरे भ्रामक समाचार नबेचन अपील ।
रवि लामिछानेले गरे भ्रामक समाचार नबेचन अपील ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा
स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
धन हुनेलाई ज्यान मार्न छुट ?
धन हुनेलाई ज्यान मार्न छुट ?
इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने
इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई व्यवस्थित गरिने
विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी उठ्यो
विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी उठ्यो
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
प्रेमिकाले ‘घरमा कोही छैनन्’ भनेर बोलाएपछि भेट्न गए प्रेमी, गाउँलेले समातेर बिहे गरिदिए
शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह
शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह

तपाईंले छुटाउनुभयो कि?