मधुमेहलाई ब्यावस्थापन गर्न जरुरी

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक २८, २०७५
|
|
६२ पटक हेरिएको
Shares
मधुमेहलाई ब्यावस्थापन गर्न जरुरी

सारांश

  • भरतपुर, २८ कात्तिक ।
  • मधुमेह भईसकेपछि आत्तिनु भन्दा पनि यसलाई ब्यावस्थापन गर्नमा ध्यान दिनुपर्ने फिजिसियन चिकित्सक डा.
  • जयराम अधिकारीले बताएका छन् ।

भरतपुर, २८ कात्तिक । मधुमेह भईसकेपछि आत्तिनु भन्दा पनि यसलाई ब्यावस्थापन गर्नमा ध्यान दिनुपर्ने फिजिसियन चिकित्सक डा. जयराम अधिकारीले बताएका छन् । विश्व मधुमेह दिवसको अवसरमा आज भरतपुरमा लायन्स क्लव ईन्टरनेशनल रिजोन २३ अन्र्तगतका ८ वटा लायन्स क्लवहरुले भरतपुरमा आयोजना गरेको निःशुल्क मधुमेह शिबिर तथा जनचेतनामुलक कार्यक्रममा बताएका हुन् ।

खानपिन, ब्यावयाम र जीवनशैलीमा सुधार ल्याउन अत्यन्तै जरुरी भएको बताउदै डा. अधिकारीले यसलाई हेलचक्राई नगर्न सबैलाई सुझाव दिएका छन् । मधुमेहकै कारण आँखाको ज्योति गुम्ने, मृगौलामा समस्या आउने, मुटुमा समस्या आई हृदयघात हुने शरीरमा घाउ भएमा कहिल्यै सन्चो नहुने जस्ता समस्या आउने उनले बताए । प्रबिधिको बिकास सँगै मानिसहरुमा थपिएका तनाब पनि मधुमेह बढाउने माध्यम भएकोले यसको ब्यावस्थापन गर्न जरुरी भएको उनले बताए । जनसख्याको करिब १० प्रतिसतमा मधुमेह देखिएको बताउदै डा. अधिकारीले भने “समयमै होस पु¥याउन सकिएन भने भोलि पछुताउनु अर्को बिकल्प छैन ” । उनले थपे धेरै भोक लाग्दा पनि मोटाउन नसक्नु, तिर्खा लागीरहनु, थकानको महसुस हुनु, हात खुट्टा झमझमाउनु, धेरै पसिना आउनु, कमजोरीको महसुस हनु मधुमेहको लक्षण हुन सक्छ । यस्ता लक्षण देखिएका चिकित्सक सँगको परामर्श जरुरी छ ।

अभिभावकलाई मधुमेह छ भने सन्ततीमा हुने सम्भावना धेरै हुन्छ त्यसैले समयमै मधुमेह परिक्षण गनुपर्दछ । मधुमेहका बारेमा समाजमा धेरै भ्रम रहेको बताउने डा. अधिकारीले भने भ्रमबाट बाहिर आउन पनि बिशेषज्ञ चिकित्सकको सल्लाह अनुसारनै अगाडी बढ्नु पर्दछ ।  मधुमेह सरुवा रोग नभएपनि यसको अवस्था भयावह भएकाले लायन्स क्लबले यसलाई न्यूनिकरणका लागि अभियानकै रुपमा मनाएको लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का पुर्व डिष्ट्रिक गर्भनर धनश्यान भट्टराईले बताए । सो कार्यक्रममा २६७ जनाको निःशुल्क मधुमेह परिक्षण गरिएको थियो । मधुमेह भएका ९२ जनालाई फिजिसियन डा. जयराम अधिकारी परामर्श दिनुभएको थियो ।

भरतपुरमा रहेको ऋच्ी ीबद ले निःशुल्क रगत परिक्षण गरेको थियो भने कोयस्ट फर्मासिटिकल्सले निःशुल्क औषधी बितरण गरेको थियो । सो कार्यक्रममा एरियाका चिफ डिष्ट्रिक एडभाईजर रामप्रसाद भट्ट, सिनियर डिष्ट्रिक एडभाईजर नबराज सापकोटा जोन चियर पर्सन सुरज पाठक, ईश्वर कंडेल लगायतका लायन्स कर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम रिजोन चियर पर्सन लायन भक्ती प्रसाद चालिसेको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन् २०२० भित्र मध्यपहाडी जिल्लामा अप्टिकल फाइबर पुग्ने – प्रम ओली
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
फेसबुकका मार्क जुकरवर्गको कीर्तिमान भंग, काइली जेनर बनिन २१ वर्षमै अर्बपति
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
तेह्रौँ साग : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
वाइडबडी  प्रकरण : निर्दोष देखिए गृहसचिव प्रेम राई, प्रतिवेदन हावादारी.
वाइडबडी प्रकरण : निर्दोष देखिए गृहसचिव प्रेम राई, प्रतिवेदन हावादारी.
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीदेखि सहायक मन्त्रीसम्मको पारिश्रमिक सिफारिस
एक दिनमा १३ लाख आम्दानी !
एक दिनमा १३ लाख आम्दानी !
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्, फेरि पनि पार्टी सभापति बन्ने उद्देश्य छ, देउवा
उपनिर्वाचनका समाचारलाई प्राथमिकता दिन आयोगको आग्रह
उपनिर्वाचनका समाचारलाई प्राथमिकता दिन आयोगको आग्रह

तपाईंले छुटाउनुभयो कि?