मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित, व्यवसायीहरुबीच झडप

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
५६ पटक हेरिएको
Shares
मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित, व्यवसायीहरुबीच झडप

सारांश

  • सिन्धुपाल्चोक, ४ साउन ।
  • सिन्धुपाल्चोकमा निर्माणधिन १०२ मेगावाटको मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित भएको छ ।
  • शुक्रबार ठेक्काको फर्म दर्ता हुनै लाग्दा स्थगित भएको हो ।

सिन्धुपाल्चोक, ४ साउन । सिन्धुपाल्चोकमा निर्माणधिन १०२ मेगावाटको मध्येभोटेकोसी जलविद्युत आयोजनाको ठेक्का स्थगित भएको छ । शुक्रबार ठेक्काको फर्म दर्ता हुनै लाग्दा स्थगित भएको हो । साथै व्यवसायीहरुबीच झडप हुनै लाग्दा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ लिएको छ ।

‘३ प्याकेजमा ४ करोडको टेन्डर थियो, वयवसायीहरुबीच सामान्य झडप भएको हो’ सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले भने ‘आयोजनाले केहि समयको लागि ठेक्का स्थगित गरेको छ ।’ प्रजिअ तामाङकानुसार ठेक्काको लागि २२ वटा फर्म बिक्रि भएको थियो । आज १२ बजेसम्म समय तोकेको थियो ।

आयोजना प्रमुख डा सुनिल लामाले शान्ति सुरक्षाको कारण देखाउँदै ठेक्का स्थगित गरेकोएक सूचना निकालेका छन् ।

सिडिओको ठाडो आदेशले ठेक्का स्थगित भयो–निमफुञ्जो
बाह्रविसे नगरपालिकाका मेयर तथा प्रभावित बासिन्दा निमफुञ्जो शेर्पाले प्रजिअ तामाङको ठाडो आदेशमा ठेक्का स्थगित भएको आरोप लगाएका छन् । ‘आयोजना सुरुवात गर्ने बेलामा कार्यविधिमा उल्लेख छ त्यहाँको ठेक्का, सेयर प्रभावितलाई दिने भन्ने छ, तर अहिले आएर बाहिरि मान्छेहरुलाई ठेक्का दिन खोजे’ मेयर शेर्पाले  भने ‘आयोजना स्थलमा होईन जम्बुमा छलफलको क्रममा सामान्य झडप भएको हो ।’

‘फर्मवालाहरु प्रतिशतको कुरा नमिल्दा झडप भएको हो’ शेर्पाले खबरडबलीसँग भने ‘कांग्रेसले २५ प्रतिशत माग्यो, पूर्व एमाले हाल (ने क पा)ले ७ प्रतिशत दिन्छु भन्यो ।’ शेर्पाले उक्त ठेक्का प्रभावितहरुले पाउनुपर्ने बताए । स्वास्थ्य चौकि, आयोजना स्थलमा वालहरु लगाउने ठेक्काका लागि भोटेकोसीले असार ६ गते सूचना निकालेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?