मनाङको अवस्था : ३५ किलोमिटरमा ३५ पहिरो

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २८, २०८०
|
|
४१ पटक हेरिएको
Shares
मनाङको अवस्था : ३५ किलोमिटरमा ३५ पहिरो

सारांश

  • मनाङ ।
  • हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ ।
  • डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो ।

मनाङ । हिमाली जिल्ला मनाङमा आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीसहर–चामे सडकअन्तर्गत लमजुङको बेसीसहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ ।

यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरा खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । उनले भने , “केही स्थानमा पहिरा खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ ।”

सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए । निरन्तर वर्षा भइरहेकाले पहिरा पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए । सडकमा खसेको ढुङ्गा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइन्जिनियर अधिकारीले जोखिम मोलेरै काम गरिरहेको बताए ।

यस सडक खण्डअन्तर्गत मनाङतर्फ भन्दा लमजुङतर्फ बढी पहिरा खसेको उनले जानकारी दिए । “लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटर पिच्छे ३५ पहिरा खसेका छन्”, उनले भने ।

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेकाले बताए । उनले पहिराका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिए ।

डुम्रे–बेसीसहर–चामे–खाङ्सारसम्म एक सय पाँच किलोमिटर छ । यसमध्ये डुम्रे–बेसीसहर–चामे सडक खण्डको ३० किलोमिटरमा पहिरा खसिरहने गरेको छ । खसेको पहिरा हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
हवाई क्षेत्रमा सरकारले गरेका उल्लेखनीय पहल !
हवाई क्षेत्रमा सरकारले गरेका उल्लेखनीय पहल !
प्रचण्डप्रति सत्ता गठबन्धन किन नरम?
प्रचण्डप्रति सत्ता गठबन्धन किन नरम?
रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गयो
रसुवाको टिमुरेमा पहिरो जाँदा चारजनाको ज्यान गयो
एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना
एनआरएनए आईसीसीको सह–कोषाध्यक्षमा ददीवल खड्काको बलियो सम्भावना
गजल (कमल संघर्ष)
गजल (कमल संघर्ष)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
माधव नेपालसँग सधैँ किन लिन्छन् राष्ट्रपति भण्डारी र प्रम ओली बदला ?
माधव नेपालसँग सधैँ किन लिन्छन् राष्ट्रपति भण्डारी र प्रम ओली बदला ?
मध्यराति अपरिचित व्यक्तिद्वारा घरमै कुटपिट : ससुराकाे मृत्यु, बुहारी लक्ष्मी घाइते
मध्यराति अपरिचित व्यक्तिद्वारा घरमै कुटपिट : ससुराकाे मृत्यु, बुहारी लक्ष्मी घाइते
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम
नेपालको वित्तीय क्षेत्र संकटपूर्ण अवस्थामा छ : सांसद प्रतिमा गौतम

तपाईंले छुटाउनुभयो कि?