मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ ५, २०७९
|
|
३२ पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठकः विदेशी प्रतिनिधि भेट्न अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने

सारांश

  • काठमाडौं।
  • सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ।

काठमाडौं। सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई दिइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि समिति गठन गरेको छ।

सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरेको जानकारी दिँदै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले भने, “विभूषणका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर त्यो विभूषण प्राप्त गर्नेले पनि गर्व बोध गरोस् र सरकारले राज्यले विभूषण प्रदान गर्दा पनि आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भन्ने हिसाबले विभूषणका सम्बन्धमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको छ।”

त्यसैगरी मन्त्रिपरिषद्ले विदेशी प्रतिनिधि भेट्नका लागि अनिवार्यरुपमा परराष्ट्र मन्त्रालयका कर्मचारी राख्नुपर्ने पनि निर्णय गरेको छ।

बैठकले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा देवराज अधिकारीलाई नियुक्त गर्नुका साथै सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई ऊर्जामा र ऊर्जाका सचिवलाई भौतिक पूर्वाधार मन्त्रालयमा सरुवा गरेको छ।

बैठकले सरकारको न्यूनतम कार्यक्रम र नीतिगत प्राथमिकतालाई कार्यान्वयनका निम्ति हरेक मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक कार्ययोजना निर्माण गर्न सात दिनको समय प्रदान गरिएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’
गैँडाको बासस्थान र प्रजननका लागि उपयुक्त ज्ञानेश्वर ‘ब्लक’
सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे
सप्तरीका उम्मेदवार उपेन्द्र यादवले विराटनगरबाट मतदान गरे
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
उदयपुर विष्फोटमा उम्मेदवार नै घाइते, उपचारका लागि काठमाडौं ल्याइयो
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार  .
चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार .
साफ च्याम्पियनसिप फुटबलः मालदिव्ससँगको भेट, पछाडी विर्सन लाएक विगत र अगाडी सुनौलो अवसर !
साफ च्याम्पियनसिप फुटबलः मालदिव्ससँगको भेट, पछाडी विर्सन लाएक विगत र अगाडी सुनौलो अवसर !
गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोट
गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोट
वैद्य छोडेर फर्केका बादल र यादवले पाए मन्त्रालयको जिम्मेवारी
नेकपा नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन समितिलाई
नेकपा नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन समितिलाई
देउवाले गरे  पदाधिकारी मनोनयन ! देउवा खेमाकै नेता असन्तुष्ट
देउवाले गरे पदाधिकारी मनोनयन ! देउवा खेमाकै नेता असन्तुष्ट
ट्राफिक प्रहरीको मास्क खरिदमा भ्रष्टाचार
ट्राफिक प्रहरीको मास्क खरिदमा भ्रष्टाचार

तपाईंले छुटाउनुभयो कि?