मन्त्री महासेठको बढाएको भाडादर सिडिओले घटाए

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन १५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
मन्त्री महासेठको बढाएको भाडादर सिडिओले घटाए

सारांश

  • काठमाडौं ।
  • दसैंतिहारको मौकामा देशभर सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाएको बेला खोटाङमा भने निर्णय नगर्ने निर्णय भएको छ ।
  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको निर्णयलाई सिडिओले फिर्ता गर्दै पूरानै भाडादर कायम गराएका छन् ।

काठमाडौं । दसैंतिहारको मौकामा देशभर सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढाएको बेला खोटाङमा भने निर्णय नगर्ने निर्णय भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको निर्णयलाई सिडिओले फिर्ता गर्दै पूरानै भाडादर कायम गराएका छन् ।

सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाइएकोमा पुरानै भाडा कायम गरिएको हो। नजिकिँदै गरेको दसैं, तिहार र छठ लगायतका पर्वमा आवतजावत गर्ने यात्रुलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले भाडा नबढाउने निर्णय भएको हो ।

प्रमुुख जिल्ला अधिकारी (सिडिओ) को पहलमा देशभर भाडा बढाउन नहुने बताएको हो । यातायात व्यवसायी र प्रशासनबीच बसेको बैठकले पुरानै भाडा दर कायम गने निर्णय गरेको हो।

असोज ९ गतेदेखि १० प्रतिशतले भाडा बढाएका यातायात व्यवसायी प्रशासनको पहलमा पुरानै भाडा दर कायम गर्न सहमत भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पाण्डेले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?