धानमा बाला नलागेपछि तनावमा किसान, बारी खाली गर्न काट्न थाले

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक ३, २०७६
|
|
३६ पटक हेरिएको
Shares
धानमा बाला नलागेपछि तनावमा किसान, बारी खाली गर्न काट्न थाले

सारांश

  • जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् ।
  • धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन् ।
  • कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकाले केही दिन धान नकाट्न आग्रह गरिएको बताए ।

जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन् । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकाले केही दिन धान नकाट्न आग्रह गरिएको बताए ।

कतिपय स्थानमा बाला निस्कन थालेको र कतिपय ठाउँमा बाला निस्कने चरणमा रहेको उहाँले जानकारी दिए । यो जातको धानको डिएनए परीक्षण भइरहेकाले यसका लागि अझै एक साता कुर्नुपर्ने उनले भने । तिहार अगाडि परीक्षणको नतिजा आउने अनुमान गरिएको छ । त्यसलगत्तै कृषि तथा पशुपक्षी मन्त्रालयले क्षतिपूर्ति मूल्याङ्कन समिति बनाउने आश्वासन दिएको जनाइएको छ ।

समिति बनेर मूल्याङ्कन गरेपछि धान काट्दा क्षतिपूर्ति मूल्याङ्कन गर्न सहज हुने प्रमुख ढकालको भनाइ थियो । पूर्वी चितवनका कृषकले धान काट्न शुरु गरेका छन् । बीउ बिक्री गर्नेहरुले फरक जातको धानको बिउ बिक्री गरेको हुनसक्ने भन्दै शुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको डिएनए परीक्षण भइरहेको छ ।

धान ढिला पाक्ने भएपछि उत्पादन घट्ने र यसपछिको बालीमा पनि असर पुग्ने उक्त केन्द्रका प्रमुख ढकालको भनाइ थियो । धानपछि तरकारी खेतीका साथै गहुँ, राजमा र तोरी लगाउने गरिन्छ । ती सबै बालीमा पनि असर पर्ने भएको छ । सरकारले प्रतिवेदन पाइसकेकाले डिएनएको प्रतिवेदन आएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के–कस्तो कारवाही हुने भन्ने विषयमा टुङ्गो लाग्ने उनले बताए ।

वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा उक्त धान पाक्न १६० दिन हाराहारी लाग्ने देखिएको छ । दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भित्र्याएको उक्त जातको बिउ लगाएका देशका सबै स्थानमा यही समस्या देखिएको छ । जिल्लामा करीब ९५० बिघामा यो धान लगाइएको अनुमान गरिएको र यसबाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् ।

स्थानीय तहले उक्त धानको तथ्याङ्क सङ्कलन गरी केन्द्रमा पठाउन शुरु गरेका छन् । विसं २०७२ मा सूचीकृत भएको गरिमा भारतीय उत्पादन भएको र यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल फुलिसक्नुपर्छ । जिल्लामा गरिमा, गोरखनाथ र युएस ३१२ जातका आयातित वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् ।

गत वर्ष वर्षेधान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षेधान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालीकोटमा प्रहरी टोलीमाथि स्थानीयकाे आक्रमण
कालीकोटमा प्रहरी टोलीमाथि स्थानीयकाे आक्रमण
१२ घण्टामा  शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
१२ घण्टामा शिखरन्यूजका ‘टप १०’ समाचारहरु हेर्नुहोस्
अब ब्रुनाईमा गे यौनकर्मीलाई मृत्युदण्ड नदिइने
अब ब्रुनाईमा गे यौनकर्मीलाई मृत्युदण्ड नदिइने
प्रधानमन्त्री देउवाले बहिनी दुर्गाबाट टीका ग्रहण गरे
प्रधानमन्त्री देउवाले बहिनी दुर्गाबाट टीका ग्रहण गरे
शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने
शिक्षकसँगको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित्, अर्को बैठक माघ २८ गते
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
नेपाली कांग्रेसमा नयाँ गुटकाे उदय , कस्ले गर्ला नेतृत्व ?
प्रहरीचौकी इञ्चार्ज पौडेलको शव परीक्षण पोखरामा हुने
प्रहरीचौकी इञ्चार्ज पौडेलको शव परीक्षण पोखरामा हुने
भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने
भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने

तपाईंले छुटाउनुभयो कि?