अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालकोटमा छलफल शुरु, यस्ता छन् एजेण्डा
सारांश
- काठमाडौं, ६ माघ ।
- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच ओली निवास बालकोटमा छलफल शुरु भएको छ ।
- अध्यक्षद्वय ओली र प्रचण्डले छलफलको क्रममा दुई पार्टीले गठन गरेको संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचनको विषयमा विशेष छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”बीच ओली निवास बालकोटमा छलफल शुरु भएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डले छलफलको क्रममा दुई पार्टीले गठन गरेको संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचनको विषयमा विशेष छलफल हुने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रदेश सरकारको गठन सम्बन्धी रिपोर्ट र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाबारे पनि छलफल हुँदैछ । आजकै छलफलमा पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । बैठक केहीबेरसम्म चल्नेछ ।
Khemraj Dhungana
छलफल होस्
छलकपट चाहिँ नहोस्
Kasi Subedi
5 years parachanda it beriines+5