जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर १३, २०७५
|
|
५६ पटक हेरिएको
Shares
जीर्ण कारागारका कारण कैदीबन्दीमा समस्यामा

सारांश

  • कालीकोट, १३ मङ्सिर , जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् ।
  • कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अपठेरो भएको छ ।
  • उहाँ भन्नुहुन्छ, “अनुगमन मात्रै हुन्छ तर काम हुँदैन ।

कालीकोट, १३ मङ्सिर , जिल्लाको कारागार जीर्ण भएपछि कैदीबन्दी समस्यामा परेका छन् । कारागारप्रमुख दलबहादुर बुढाका अनुसार कारागार जीर्ण भएपछि कैदीबन्दीबीच आन्तरिक झगडा हुनाका साथै ठाउँ अभावले गर्दा तिनका आफन्तलाई भेटघाट गर्न पनि अपठेरो भएको छ ।
उहाँ भन्नुहुन्छ, “अनुगमन मात्रै हुन्छ तर काम हुँदैन । विसं २०३८ मा निर्माण भएको कारागारको भौतिक संरचना नाजुक भएकाले कैदीबन्दीलाई राख्न कठिनाइ भएको हो । कारागारको पुरै पर्खाल भूकम्पले चिराचिरा परेकाले कुनै बेला पनि भत्किने हो कि भन्ने डर मानेर बस्नु परिरहेको छ ।”

कारागारमा शुद्ध पिउने पानी, खेलकूद मैदान, सीप आर्जनका लागि आवश्यक सामग्रीको अभाव छ । वर्षायाममा कारागारमा पानी चुहिने भएका कारण जीर्ण भवन भत्किने सम्भावना रहेको कारागार प्रमुख बुढाको भनाइ छ ।

कारागारमा १५ पुरुष र १० महिलाको क्षमता भए पनि अहिले ६७ पुरुष, सात महिला गरी ७४ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हँुदा झन् समस्या थपिएको छ ।

कारागारभित्रै स्वस्थ्यशिविर

बुधबार जिल्ला कारागारका कैदीबन्दीलाई क्षयरोगको संक्रमण भएको भन्दै कारागारभित्रै निःशुल्क स्वाथ्यशिविर सञ्चालन गरिएको छ । खाडाचक्र नगरपालिका स्वाथ्य एकाइको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा कैदीबन्दीको जाँच गरिएको उक्त वरिष्ठ अहेव कटक महत बताउनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
एमाले पार्टी स्कुल विभागले आजदेखि पार्टी स्कुल सम्बन्धी कार्यशाला सञ्चालन गर्ने
झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी
झापाको गौरादह नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विजयी
जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम
जुगलद्वारा कपनमा प्रभातफेरी कार्यक्रम
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
सडक बनाउन माग गर्दै चक्काजाम
सडक बनाउन माग गर्दै चक्काजाम
ज्ञानेन्द्र शाही हिरासतमुक्त
ज्ञानेन्द्र शाही हिरासतमुक्त
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे
कर्मचारीलाई काम भन्दा तलब बढाउने पिरलो
कर्मचारीलाई काम भन्दा तलब बढाउने पिरलो
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह
ल्हासाबाट नेपालका विमानस्थलमा सिधा उडान गर्न अध्यक्ष तिमिल्सिनाको आग्रह

तपाईंले छुटाउनुभयो कि?