टुटल र पठाओ अझै अन्योलमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १८, २०७६
|
|
५४ पटक हेरिएको
Shares
टुटल र पठाओ अझै अन्योलमा

सारांश

  • काठमाडौ, फागुन १८ ।
  • निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन ।
  • टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्का्तिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन ।

काठमाडौ, फागुन १८ । निजी नम्बर प्लेटका सवारीसाधन प्रयोग गरी यात्रुसँग भाडा लिएर गन्तव्यसम्म पु¥याउँदै आएका सेवा प्रदायकलाई कसरी सञ्चालन गर्ने भनी टुङ्गो लाग्न सकेको छैन ।

टुटल पठाओलगायतका सेवा प्रदायकका एकातिर काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा प्रयोगकर्ता बढिरहेका छन् भने अर्का्तिर यिनलाई समेट्ने नियम अहिलेसम्म बन्न सकेको छैन । यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको यातायात व्यवस्थासम्बन्धी विधेयकमा यी सेवा प्रदायकलाई समेट्ने विषयमा छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

सो विषयमा मन्त्रालयमा अहिले छलफल भइरहेको प्रवक्ता सरोजकुमार प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नै यसरी गर्ने भनी निर्णय भने भइसकेको छैन ।” यातायात व्यवस्था ऐन, २०४८ मा निजी नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने नियम रहेको छ । यात्रुको सुरक्षाको समेत विषय भएको भन्दै सरकारले यसअघि सेवा अवरुद्ध गर्ने निर्णय गरे पनि जनगुनासोका आधारमा हालकै अवस्थामा चल्न दिने निर्णय भएको थियो ।

विभागले तीन महिना पहिले सूचना जारी गरी निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन भन्ने व्यवस्था ऐनमा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले विभागलाई कार्य्विधिनिर्दे्शिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिएका थिए । गत वर्ष पनि विभागले सेवा अवरुद्ध गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिएका थिए । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५७ प्रतिशतसम्म मत खस्यो, कुन जिल्लामा कति ? (सूचीसहित)
पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी
पार्टीभित्रैकै अन्तर्घाती खोजी गर्दै माओवादी
ब्राजिलका राष्ट्रपतिद्वारा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा
ब्राजिलका राष्ट्रपतिद्वारा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा
कोरोना असरः विश्वध्वजासहित तीनवटै लिङ्गो उठेन
कोरोना असरः विश्वध्वजासहित तीनवटै लिङ्गो उठेन
एक वर्षमा कहाँ हराए मध्यपश्चिममा साढे ७ सय महिला ?
एक वर्षमा कहाँ हराए मध्यपश्चिममा साढे ७ सय महिला ?
नेपालमा शान्ति चाहियो कि चाहिएन ?
नेपालमा शान्ति चाहियो कि चाहिएन ?
डेङ्गुविरुद्ध भारतको ऐतिहासिक कदम: जापानी खोप ‘क्युडेङ्गा’ लाई अनुमति, महामारी नियन्त्रणमा नयाँ आशा
डेङ्गुविरुद्ध भारतको ऐतिहासिक कदम: जापानी खोप ‘क्युडेङ्गा’ लाई अनुमति, महामारी नियन्त्रणमा नयाँ आशा
उपभोक्ता ठग्नेलाई तीन लाख जरिवानामा !
उपभोक्ता ठग्नेलाई तीन लाख जरिवानामा !
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
राष्ट्रपतिसँग विपक्षी दलहरु : अध्यादेश आए रोकिदिनुस्
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी
राजनीतिक परिवर्तनलाई रुपान्तरणको चरणमा लान बाँकी छ : पूर्वराष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?