सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, माघ ९, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सहकारी प्रकरणमा रवि लामिछाने भन्छन्-मेरो खातामा पैसा जम्मा भएको छैन

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गरेका छन् ।
  • सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यममा आएको जस्तो रु एक करोड ८० लाख आफ्नो खातामा जम्मा नभएको जिकिर गरे ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजन छोडेपछि सो टेलिभिजनमा भएको आफ्नो १५ प्रतिशत शेयर बिक्रीवापत आफूले पैसा नलिएको दाबी गरेका छन् ।

सहकारीको पैसा दुरुपयोग भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै वनस्थलीस्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सञ्चारमाध्यममा आएको जस्तो रु एक करोड ८० लाख आफ्नो खातामा जम्मा नभएको जिकिर गरे ।

“मैले गोर्खा मिडिया नेटवर्क अन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा काम गर्दै गर्दा ‘गुडविल शेयर’को अपेक्षा गरेको र गुडविल शेयरको प्रावधान नभएकाले त्यसलाई प्रणालीमा ल्याउनका लागि गरिएका बाहेक मैले लिएको वा दिएको छैन”, सो सम्बन्धमा उठेका जिज्ञाशाको जवाफ दिँदै उनले भने ।

“सन् २०२२ जुन १७ मा रु एक करोड ८० लाखको चेक मेरो खातामा क्रेडिट गरिएको तर उक्त चेक इलेक्ट्रिोनिक चेक क्लियरिङ (इसिसी)मार्फत चेक क्लियरिङमा पठाउँदा सो खातामा रकम पर्याप्त नभएको हुँदा सो रकम खातामा जम्मा नभएको बैंकले विवरण उपलब्ध गराएको छ”, बैंकको पत्र देखाउँदै उनले भने ।

पत्रकार सम्मेलनमा पूर्व बैंकर एवम् रास्वपाका नेता अनिल केशरी शाहले पनि उक्त चेक क्लियरिङ नभएकाले उक्त चेकमा उल्लेखित रकम सभापति लामिछानेको खातामा जम्मा नभएको दाबी गरे । उनले यस्ता घटना बैंकिङ क्षेत्रमा भइरहने भन्दै यो कुनै नयाँ घटना नभएको समेत उल्लेख गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई  बाबुरामको ज्ञापनपत्र..
जनार्दन शर्मालाई कडा कारवाही गरियोस् भन्दै देउवालाई बाबुरामको ज्ञापनपत्र..
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
डा गोविन्द केसी छातीमा अत्याधिक दुखाइका करण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगीयाे
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण
आफ्नै विवाहको पार्टीमा लगाएको पहिरनका कारण ट्रोल भइन् दीपिका पादुकोण
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
माओवादी पार्टीहरुको एकता चाडैं टुंगाेमा पुग्छ : प्रचण्ड
राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक
राजेश पायल र समिक्षा अधिकारीको स्वरमा दशैँ गीत ‘पिपल डाँडैमा’ सार्वजनिक
संसदीय विकास समितिमा ठेकेदार नै सांसद
संसदीय विकास समितिमा ठेकेदार नै सांसद
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड
स्थायी शान्ति र समृद्धिका आधार निर्माण गर्नुपर्नेमा जोड
अछाम कारागारमा एक कैदी मृत अवस्थामा
अछाम कारागारमा एक कैदी मृत अवस्थामा

तपाईंले छुटाउनुभयो कि?