टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २७, २०७५
|
|
५४ पटक हेरिएको
Shares
टेलिकमको सेयर आम्दानीमा वृद्धि , ल्याण्ड लाईन सेवा हटाईने

सारांश

  • काठमाडौं ।
  • नेपाल टेलिकमले गत आर्थिक वर्षको  चौथो त्रैमासिक वित्तीय विवरणपश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिब रु ४५ अरब ५६ करोड ५८ लाख रहेको बताएको छ ।
  • अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको  चौथो त्रैमासिक वित्तीय विवरणपश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिब रु ४५ अरब ५६ करोड ५८ लाख रहेको बताएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले वृद्धि भएको हो ।

साथै सोही अवधिमा कम्पनीको नाफा करिब १५ अरब ६६ करोड ७५ लाख रहेको छ । यसअनुरुप अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १।९२ प्रतिशतले वृद्धि भएको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रति शेयर आम्दानी रु १०४.४५ पुगेको छ ।

केही वर्ष अघि देखि शुरु भएको कम्पनीको एक महत्वाकांक्षी आयोजना मध्येको एकीकृत विलिङ प्रणालीमा ल्यान्डलाइन सेवासमेत रुपान्तरित भएपश्चात् गत आर्थिक वर्षमा नै सो आयोजना सम्पन्न भएको टेलिकमले जनाएको छ ।

यस्तैगरी विगत लामो समयदेखि सञ्चालनमा रहेका ल्यान्डलाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टेलिकमले टि डी एम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरेको छ ।

सो अनुरुप हालसम्म करिव एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ । क्रमिक रुपमा अन्य लाइनहरु पनि रुपान्तरण गर्ने कार्य जारी रहेको टेलिकमले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो
ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
म्याग्दीमा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, मृत्यु भएकाको शव निकाल्ने प्रयास जारी
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा
शंकरदेव र नेपाल कमर्स क्याम्पस फाईनलमा
भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई ठूलो झड्का
भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई ठूलो झड्का
ढोरपाटनमा आगलागीबाट ३० घर जले
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगको सरकारलाई निर्देशन
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगको सरकारलाई निर्देशन
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गराैँ : पूर्वअर्थमन्त्री शर्मा
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित
सप्तरीका दुई युवकलाई कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बित

तपाईंले छुटाउनुभयो कि?