ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ५, २०७५
|
|
४७ पटक हेरिएको
Shares
ट्रकको ठक्करबाट दुईको मृत्यु, अर्को ट्रक त्रिशुलीमा खस्यो

सारांश

  • काठमाडौं ।
  • चितवनमा गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
  • भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुईजना पुरुषको मृत्यु भएको हो ।

काठमाडौं । चितवनमा गए राति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना६ख १८४८ नं को ट्रकले ठक्कर दिँदा दुईजना पुरुषको मृत्यु भएको हो । वीरगञ्जबाट इँटा बोकेर काठमाडौँतर्फ आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठेलामा पानी तान्ने पम्प राखेर सडकमा हिँडिरहेका दुवै जनाको सनाखत भने हुन सकेको छैन ।

त्यसैगरी तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा१ख १५७३ नं को ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ ।

भरतपुर महानगरपालिका अन्तर्गत पर्ने पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खसेको हो । घाइते चालक र सहचालकलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?