लोक सेवाले आह्वान गरेको कर्मचारी भर्नाको विज्ञापनप्रति राजपाको आपत्ति
सारांश
- काठमाडौं।
- राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
- प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
काठमाडौं। राष्ट्रिय जनता पार्टीले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सांसद राजकिशोर यादवले संविधानको कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले संविधानमा गरिएको व्यवस्था विपरित आयोगले विज्ञापन आह्वान गरिएको भन्दै उनले सरकार कसले चलाएको छ भन्ने प्रश्न गरे।
‘यो राज्य कसरी चलेको छ, राज्य कसले चलाएको छ?,’ उनले भने, ‘यो राज्य चलाउनेहरुले संविधानलाई मानेको छ कि छैन भन्ने गम्भीर प्रकृतिका प्रश्न उठेको छ।’
उनले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन संविधानको मर्म र भावना विपरित भएको टिप्पणी गरे। संविधान विपरित विज्ञापन आह्वान गर्नुले सरकारको कुनियत देखिएको दाबी उनले गरे। उनले भने, ‘जब यो संविधान सरकारले मान्दैन। संविधान अनुसार यो सदन परिचालन हुँदैन। संविधान संबैधानिक निकायमा बस्ने मान्छेले मान्दैन। व्यक्तिको उन्माद, उसको कुण्ठा र उसको चिन्तनबाट जब कार्य अगाडि बढाइन्छ समस्याहरु उब्जिन्छन्।’
सांसद यादवले राष्ट्रलाई दीर्घकालीन रुपमा नोक्सान पुर्याउने काम बन्द गर्न सरकारलाई सचेत गराए। उनले सदनको मर्यादा राख्दै गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।
प्रतिक्रिया