राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १३, २०७५
|
|
४३ पटक हेरिएको
Shares
राजधानीमा दुई दिने ‘इण्डियन शैक्षिक’ मेला सुरु

सारांश

  • काठमाडौँ, १३ जेठ ।
  • नेपाल इण्डिया काउन्सील फर एजुकेसन (एन आइ सी इ)ले राजधानीमा इण्डियन एजुकेसन फेअर सुरु गरेको छ ।
  • फेयरमा भारतका २० भन्दा बढी विश्वविद्यालय सम्मिलित एजुकेसन फेयरमा धेरै भन्दा धेरै विद्यार्थी द्वारा अवलोकन गराउने आयोजकको लक्ष्य छ ।

काठमाडौँ, १३ जेठ । नेपाल इण्डिया काउन्सील फर एजुकेसन (एन आइ सी इ)ले राजधानीमा इण्डियन एजुकेसन फेअर सुरु गरेको छ ।

फेयरमा भारतका २० भन्दा बढी विश्वविद्यालय सम्मिलित एजुकेसन फेयरमा धेरै भन्दा धेरै विद्यार्थी द्वारा अवलोकन गराउने आयोजकको लक्ष्य छ । फेयरमा चण्डिगढ विश्वविद्यालय चण्डिगढ , जैन विश्वविद्यालय ब्यांगलुरु, विभिसी इन्जिनियरिङ कलेज आन्द्र प्रदेश, क्यामब्रीज इन्सटिच्युट अफ टेक्नोलोजि लगाएतका शैक्षिक संस्थाको सहभागीता थियो ।

मेलामा चण्डिगढ विश्वविद्यालयका भर्ना तथा मार्केटिङ निर्देशक करन जीतले आफ्नो कलेज एसियाको फास्ट ग्रोइङ कलेज भएको बताए  । जीतका अनुसार  २५ हाजार विद्यार्थी अध्ययनरत रहेको उक्त विश्वविद्यालयमा ३ सय भन्दा बढी नेपाली विद्यार्थी छन् । ‘हाम्रो कलेजमा नेपाली विद्यार्थीका लागि स्टुडेन्ट सोसाइटी पनि रहेको छ , उनले भने ‘नेपालीलाई ५० प्रतिशत सम्म छात्रवृत्ति दिने गरेका छौँ ।’ चण्डिगढ विश्व विद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालय सहित विश्वका १८० भन्दा बढी विश्वविद्यालयसँग सहकार्य गरेको जीत बताउँछन् । जीतका अनुसार ४० भन्दा बढी देशका विद्यार्थी पढ्ने उक्त कलेजमा व्यवस्थापन, मानविकी, विज्ञान लगायत सबै विषयको पढाइ हुने गर्छ ।

त्यस्तै प्रविधिक शिक्षाका लागि आफ्नो कलेज विश्वमै अग्रणी स्थानमा रहेको दावी गर्छन् क्याम्ब्रीज इन्सटिच्युट अफ टेक्नोलोजीका एड्मीसन एण्ड मार्केटिङ डिरेक्टर राजकुमार चक्रवर्ति ।

फेअरमा आएका विद्यार्थीहरुले पनि यस्तो कार्यक्रम हुनुलाई सकारात्मक रुपमा लिएकाछन् । आफ्नै नजिकै अन्तर्राष्ट्रिय कलेज आएर आफूहरुलाई बुझ्न र आफ्नो लागि कुन उचित भनेर छान्न सजिलो भएको विद्यार्थीहरुको भनाई छ ।

उक्त फेयर एनआइसीले आइतबार र साेमबार गरि दुर्इ दिन सम्म होटल अन्नपूर्णमा चल्ने छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rarahang Kulman

    वाहा वाहा अब ईन्डियन सैक्षीक मेला पनि? अब कति कालो धन्दाको डिल हुने भयो?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?