मूर्ति बेचेर लाखौं आम्दानी

Abhiyanpost Abhiyanpost
|
आइतबार, माघ १२, २०७६
|
|
३९ पटक हेरिएको
Shares
मूर्ति बेचेर लाखौं आम्दानी

सारांश

  • काठमाडौँ, १२ माघ ।
  • सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार उत्तिमलाल पण्डितलाई भ्याइ न भ्याइ छ।
  • गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिन व्यस्त पण्डित यसै कमाईले बर्से्नि लाखौं आम्दानी गर्दै आएका छन्।

काठमाडौँ, १२ माघ । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार उत्तिमलाल पण्डितलाई भ्याइ न भ्याइ छ। गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिन व्यस्त पण्डित यसै कमाईले बर्से्नि लाखौं आम्दानी गर्दै आएका छन्। सरस्वती पूजालाई लक्ष्य गरी जनकपुर क्षेत्रमा अन्य कुम्हालकोे व्यस्तता पनि बढेको छ। तर, पण्डित र उनको समूहले बनाएका मूर्ति अन्यभन्दा आकर्षक भएकै कारण बजारमा राम्रो मूल्य पाउँदै आएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–२० घर भएका पण्डित समाजशास्त्रमा स्नातकोत्तरसम्म शिक्षा हासिल गरी जागिर छाडेर यस पेसामा लागेका हुन्। ‘आफूसँग भएको कलालाई पेसाको रूपमा अगाडि बढाउनतर्फ लागेँ’, मूर्तिकार पण्डित भन्छन्, ‘आफ्नो पुख्र्यौली संस्कृतिलाई अझ उचाइमा पुर्‍याउन यो काममा लागेको हुँ।’ उत्तिमका बुवा पनि मूर्तिकार भएको हुनाले उनीबाट नै प्रेरणा पाएर यस पेसामा लागेको उनी बताउँछन्। पढेलेखेर अझ नयाँ आइडियाका साथ आफ्नो पेसामा पहिचान स्थापित गर्न लागिपरेका पण्डित भन्छन्, ‘यस पेसाले जीवनस्तर उकास्न सहयोग गरेको छ।’

२० वर्षदेखि कलात्मक मूर्ति निर्माणतर्फ जनकपुर क्षेत्रमै चर्चित बनेका पण्डित वर्षभरि पूजाको अवसरमा मूर्ति बनाएर बेच्ने गरेका छन्। उनले बनाएका मूर्ति एउटालाई ४ हजारदेखि ३५ हजारसम्ममा बिक्री हुने र सिजनअनुसार मूल्य निर्धारण हुने गरेको छ। विशेष गरी कृष्णजन्माष्टमी, नागपूजा, विश्वकर्मा पूजा, दसैं, गणेश पूजाका अवसरमा माटोले बनाइएका भगवानका प्रतिमाको स्थापना गरिने हुनाले यी बेला मूर्तिकार पण्डितको व्यस्तता बढी हुन्छ।

पण्डितले मूर्ति बनाउने कामका लागि ७ जनालाई रोजगार दिएका छन्। कामको चाप बढ्यो भने कामदार बढाउने गरिन्छ। कामदारलाई खाने व्यवस्था पनि पण्डितलेनै गर्छन्। पण्डित भन्छन्, ‘यस कामले निकै राम्रो आम्दानी हुन्छ।’
अन्नपूर्ण पोष्ट्बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?