महाकाली माथिको झोलुंगे पुल चुँडिन थाल्यो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ २२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
महाकाली माथिको झोलुंगे पुल चुँडिन थाल्यो

सारांश

  • कञ्चनपुर, २२ जेठ – कञ्चनपुरको महाकाली नदीमा रहेको पुल चुँडिन थालेको छ ।
  • नदीमाथिको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको हो ।
  • पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् ।

कञ्चनपुर, २२ जेठ – कञ्चनपुरको महाकाली नदीमा रहेको पुल चुँडिन थालेको छ । नदीमाथिको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको हो ।

पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरको पुलमा बिछ्याइएका पाता र फलामे डोरी चँुडिदा पनि मर्मत हुन सकेको छैन । पुलका नटबोल्ट र रड खसेका छन् भने जाली च्यातिएका छन् ।

महाकाली नगरपालिकाका वडा नम्बर ६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताए । उनका अनुसार पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल चुँडिन सक्नेछ ।

पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको हो । समयमै पुलको मर्मत नगरेमा सर्वसाधानरणको ज्यान जोखिममा देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?