महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

Abhiyanpost Abhiyanpost
|
मंगलबार, फाल्गुन २४, २०७८
|
|
५९ पटक हेरिएको
Shares
महिलामाथिका विभेद जरैदेखि उन्मूलनको प्रण गरौँ : राष्ट्रपति

सारांश

  • काठमाडाैं।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन्।
  • ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी हुन्।

काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिएकी छन्।
११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय अन्धविश्वास र कुप्रथालाई अन्त्य गर्नुपर्ने तथा महिला सशक्तीकरण, सहभागिता र समानताका विषयमा महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका अत्यावश्यक रहेको बताएकी हुन्।
अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्ने यात्रामा निरन्तर लागिरहन हामी सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुन सकोस् भन्ने शुभकामना राष्ट्रपतिले व्यक्त गरेकी छन्।
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै सन्देशमा उनले नेपाली जनताको दशकौँ लामो राजनीतिक आन्दोलनको प्रतिफलस्वरूप महिला सशक्तीकरणको क्षेत्रमा प्राप्त उपलब्धी विश्व महिला आन्दोलनका लागि प्रेरक मानिएका सन्देशमा उल्लेख गरेकी छन्।
“महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानूनसमेत अभ्यासमा ल्याएका छौँ। फलतः मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ। पछिल्लो समयमा लैङ्गिक समानताका विभिन्न सूचकहरूमा नेपालले प्रगति गर्दै आएको देखिएकाले हाम्रा प्रयासहरू परिणाममुखी हुने चरणमा छन् भन्न सकिन्छ। यसबाट नेपाली महिलाहरूको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ,” राष्ट्रपतिले सन्देशमा भनेकी छन्।
यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय लक्ष्य तय गरेको तथा त्यसको अभिप्राय महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनु हो भन्ने आफूलाई लागेको उहाँले सन्देशमा उल्लेख गरेकी छन्।
विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ। [image: Bidhya-Bhandari-president.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुरामको खुलासाः प्रचण्ड अध्यक्ष पक्का ! दिए बधार्इ !
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
भारतबाट अाएका हतियारधारी द्वारा विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे गाेली हानी हत्या !
सरकारका नाममा कारण देखाऊ आदेश
सरकारका नाममा कारण देखाऊ आदेश
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनका कुन दलले कति सिट पाए ?
ओंठको कालोपन हटाउने घरेलु तरिका
ओंठको कालोपन हटाउने घरेलु तरिका
आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति
आयुक्तहरुलाई अढाइ करोडका गाडी किन्न अर्थको सहमति
अस्ताउँदो सूर्यलाई अर्घ दिदै मनाइयो छठ
अस्ताउँदो सूर्यलाई अर्घ दिदै मनाइयो छठ
भिमदत्त नगरपालिका कन्चनपूरमा कङ्ग्रेस भन्दा एमाले मात्र 45 भोट ले पछाडि
भिमदत्त नगरपालिका कन्चनपूरमा कङ्ग्रेस भन्दा एमाले मात्र 45 भोट ले पछाडि
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
राष्ट्रपति भण्डारीसँग एक घण्टाको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किए
१०.४० प्रतिशत लाभांश पारित गर्न माछापुच्छ्रेले डाक्यो साधारण सभा
१०.४० प्रतिशत लाभांश पारित गर्न माछापुच्छ्रेले डाक्यो साधारण सभा

तपाईंले छुटाउनुभयो कि?