माधव नेपाल, विजय गच्छेदार र विष्णु पौडेलको बयान लिदै अख्तियार !

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ८, २०७६
|
|
४५ पटक हेरिएको
Shares
माधव नेपाल, विजय गच्छेदार र विष्णु पौडेलको बयान लिदै अख्तियार !

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा देशका प्रभावशाली नेताहरुसँग बयान लिने भएको छ ।
  • सरकारको नाममा रहेको बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउन विभिन्न समयमा भूमिका खेलेकाहरुसँग बयान लिने क्रममा संलग्नताको आरोप लागेका पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई अख्तियारले बयान लिने तयारी गरेको हो ।
  • अख्तियार स्रोतका अनुसार नेताहरुसँग बयान लिनैपर्ने अवस्था बनेपछि कसरी र कहाँ लिनेबारे तयारी भइरहेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा देशका प्रभावशाली नेताहरुसँग बयान लिने भएको छ । सरकारको नाममा रहेको बालुवाटारको जग्गा व्यक्तिको नाममा पुर्याउन विभिन्न समयमा भूमिका खेलेकाहरुसँग बयान लिने क्रममा संलग्नताको आरोप लागेका पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता माधवकुमार नेपाल, नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार र नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेललाई अख्तियारले बयान लिने तयारी गरेको हो ।

अख्तियार स्रोतका अनुसार नेताहरुसँग बयान लिनैपर्ने अवस्था बनेपछि कसरी र कहाँ लिनेबारे तयारी भइरहेको छ । देशको महत्वपूर्ण पदमा पुगिसकेकाहरुको प्रतिष्ठालाई समेत ख्याल राख्दै अख्तियारले बयान लिने तयारी गरेको छ । अख्तियारलाई सहयोग गर्न तयार रहेको अभिव्यक्ति काँग्रेस उपसभापति गच्छेदारले दिइसकेका छन् । यद्यपि उनले संलग्नता अस्वकिार गरे । माधव कुमार नेपालले पनि संलग्नता अस्वीकार गरिसकेका छन् ।

बालुवाटारको जग्गामा जोडिएका विष्णु पौडेलले पनि विगतमा विज्ञप्ति जारी गरी सरकारी हो भन्ने जानकारी पाएको भए जग्गा खरिद गरिने थिएन भनेका थिए । उनी यस घटनाले निकै विवादमा परे । तर, जग्गावालासँगको बयान लिने क्रममा उनका छोराको नाम सार्वजनिक सूचनामा थिएन ।

बालुवाटारस्थित ललिता निवासको जग्गा पाँच दशकअघि सरकारले मुआब्जा समेत दिई अधिग्रहण गरिलिएको जग्गा व्यक्तिका नाममा पुर्याएको अख्तियारले बयान लिने क्रममा प्राप्त प्रमाणहरुपछि अनुसन्धानलाई अख्तियारले गति दिएको छ । छानविन गर्दै जाँदा देशका शक्तिशाली व्यक्तिहरु पनि बालुवाटार जग्गाकाण्डमा मुछिएका छन् ।

यसअघि अख्तियारले ११ असारमा सूचना जारी गरी ८६ जनालाई बयानका लागि बोलाएको थियो । अख्तियारले ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंको कमृचारीहरुको मिलेमतोमा गैरकानुनी तकिराले व्यक्ति विशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको उजुरी परेकाले अनुसन्धानका सिलसिलामा केही बुझ्नुपर्ने भन्दै म्याद सूचना प्रकाशित गरेको थियो ।

सात दिनभित्र बयानका लागि आउन भनेपछि पुगेका उनीहरुसँग बयान लिइएको थियो । अख्तियारले बालुवाटार जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालका परिवार उमाकुमारी ढकाल्नी र लक्ष्मी ढकाल, रामकुमार सुवेदीकी पत्नी माधवी सुवेदी, व्यवसायी मिनबहादुर गुरुङ्गका छोरा कल्याण गुरुङ्गलगायतसँग बयान लिइसकेको छ । उनीहरुसँगको बयानपछि तत्कालिन समयमा जिम्मेवार कर्मचारीसँग बयान लिइसकेपछि नेताहरुसँग धमाधम बयान लिने तयारी गरेको हो ।

यस्तै छ देशमा, जथाभावी पार्क गर्ने गृहमन्त्रालयका गाडी ह्विललक गर्ने ट्राफिक प्रहरी नै कारवाहीमा
सडकमा जथाभावी पार्किङ गरेर राखिएको गृह मन्त्रालयका दुईवटा गाडी ‘ह्वील लक’ गर्ने ट्राफिक प्रहरी जवान टीकाराम बुढा र कमलेश कुमारलाई ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।

सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर गाडी राखिएको गाडी बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको गाडीलाई एक हजारको चिट सहित महानगरीय ट्राफिक प्रभाग अनामनगरका प्रहरी जवान बुढा र कुमारले ह्वील लक गरेका थिए । आफ्नो डिउटी राम्रो संग निभाएको भन्दै द्वय ट्राफिक प्रहरी जवान बुढालाई सडकमै युवाहरुले सम्मान गरेको तस्बिर पनि केहि समय अघि भाइरल भएको थियो ।

सामाजिक सञ्जालमा ट्राफिक प्रहरीका जवानले गरेको कामको प्रसंसा र गृह मन्त्रालयका अधिकारीहरुलाई गाली आउन थालेपछि टिकाराम र कमलेशलाई स्पष्टिकरण सोधिएको छ ।

गृह मन्त्रालयले दबाब बढाएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी शैलेस थापा क्षेत्रीको निर्देशनमा ट्राफिक महाशाखाले प्रहरी जवान टीकारा र कमलेशलाई ट्राफिक महाशाखामा बोलाएर स्पष्टिकरण सोधेको ट्राफिक प्रहरी स्रोतको भनाइ छ ।

साउन ८ गते बुधबारको राशीफल यस्तो छ
मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूले पूर्ण समर्थन गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?
पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिपछि गण्डकीमा तरंग, सम्भव छ एमालेको सरकार ?
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी
सरकारले जनतालाइ झुक्याउन पाउदैन : खनाल
सरकारले जनतालाइ झुक्याउन पाउदैन : खनाल
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
महिलालाई नाङ्गै बनाएर कुटपिट गर्नेलाई ६ महिना कैद
प्रहरिले ‘भाले’लाइ गर्याे पक्राउ !
प्रहरिले ‘भाले’लाइ गर्याे पक्राउ !
एमाले लुम्बिनीमा कँडेलको नेतृत्व
एमाले लुम्बिनीमा कँडेलको नेतृत्व
विष्णु पौडेलको जोडबलमा बनेका सदस्य सचिव बर्खास्त
विष्णु पौडेलको जोडबलमा बनेका सदस्य सचिव बर्खास्त

तपाईंले छुटाउनुभयो कि?