‘मापदण्ड नमान्नेहरु कार्वाहीमा पर्छन्’: मन्त्री मगर

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३१, २०७५
|
|
४७ पटक हेरिएको
Shares
‘मापदण्ड नमान्नेहरु कार्वाहीमा पर्छन्’:  मन्त्री मगर

सारांश

  • काठमाडौ, ३१ भदौ ।
  • खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका ४० वटा बोरिङ र ती बोरिङबाट पानी सप्लाई गर्ने ट्याङ्करहरुमा छड्के अनुगमन गरेको छ ।
  • शनिबार बिहान खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोलीले उपत्यकाका ४० बोरिङ र सयौं ट्याङ्करहरुको छड्के अनुगमन गरेको हो ।

काठमाडौ, ३१ भदौ । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका ४० वटा बोरिङ र ती बोरिङबाट पानी सप्लाई गर्ने ट्याङ्करहरुमा छड्के अनुगमन गरेको छ । शनिबार बिहान खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर सहितको टोलीले उपत्यकाका ४० बोरिङ र सयौं ट्याङ्करहरुको छड्के अनुगमन गरेको हो । मन्त्रालयले ५ वटा टोली बनाएर उपत्यकाका बोरिङ र ट्याङ्करहरुको अनुगमन गरेको थियो ।

मन्त्री मगरले गोदावारी, हरिसिद्धी, सिद्धी विनायक, बाँसबारी लगायतका स्थानमा रहेका बोरिङ र पानी ओसार्ने ट्याङ्करहरुको निरीक्षण गरेकी हुन् । मन्त्रालयको टोलीले चावहिल, गौशाला, बालाजु, चोभार, ठूलोभ¥र्याङ, जोरपाटी लगायत उपत्यकाका विभिन्न स्थानमा रहेका बोरिङ र ट्याङ्करहरुको छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा ४० प्रतिशत ट्याङ्करहरुले तोकिएको मापदण्डअनुसार स्टिकर नटाँसेको पाइएको छ । मन्त्रालयले पिउने पानीका लागि निलो स्टिकर, घरायसी प्रयोजनका लागि प्रयोग गरिने पानीका लागि हरियो स्टिकर र अन्य प्रयोजनको पानीका लागि पहेंलो स्टिकरको व्यवस्था गरेकोमा ४० प्रतिशत ट्याङ्करहरुले स्टिकरको प्रयोग नगरेका हुन् ।

अन्य प्रयोजन र घरायसी प्रयोजनका लागि प्रयोग हुने पानी पिउने पानी भन्दै बेच्न थालिएको सूचनाका आधारमा मन्त्रालयले बोरिङ र ट्याङ्करहरुको छड्के गरेको हो । छड्केका क्रममा सरकारको मापदण्ड पूरा नगर्ने केही बोरिङ र ट्याङ्करहरुका कागजात टोलीले नियन्त्रणमा लिएको छ । टोलीले सरकारले तोकेको स्टिकर प्रयोग गर्न र जुन प्रयोजनका लागि अनुमति लिइएको हो, त्यही प्रयोजनका लागि मात्र पानीको बिक्री, बितरण गर्न सम्बन्धित बोरिङ र ट्याङ्करहरुलाई चेतावनीसमेत दिएको छ । अनुगमनका क्रममा स्थानीयले बोरिङ र ट्याङ्करहरुले फोहोर पानी बेचेको, प्रशोधन नगरेको, मसानघाटको पानी सिधै ट्याङ्करमा भर्ने गरेको मन्त्री मगरसँग गुनासो गरेका थिए ।

अनुगमनपछि पत्रकारहरुसँग बोल्दै मन्त्री बिना मगरले सरकारले तोकेको मापदण्ड पूरा नगर्ने बोरिङ र ट्याङ्करहरुलाई कार्वाही गर्ने बताइन् । मन्त्री मगरले भनिन्, ’सरकारले बोरिङको पानीबारे जुन व्यवस्था गरेको छ, त्यो सबैले लागू गर्नुपर्छ । हामी सबै नेपालीले शुद्ध र गुणस्तर पानी सुलभ मूल्यमा प्राप्त गरुन् भन्नेमा छौं । जसले मान्दैन, त्यो कार्वाहीमा पर्छ । हामी नियमित अनुगमन गर्छौं र उपभोक्ता अधिकारको संरक्षण गर्छौं ।’ मन्त्री मगरले खानेपानी ऐन नहुँदा पनि बेथिति नियन्त्रण गर्न चुनौति भएको बताइन् । उनले भनिन्, ‘हामीसँग अहिलेसम्म पिउने पानीसम्बन्धि ऐन छैन, यसले पनि कतिपय बेथिति समाधानका लागि चुनौति बनेको छ । हामीले खानेपानी सम्बन्धि छुट्टै ऐनको मस्यौदा तयार गरेका छौं, त्यो पारित भएपछि उपभोक्ता अधिकार थप सशक्त हुनेछ ।’

जार र बोतलको पानीको क्षेत्राधिकार खानेपानी मन्त्रालय मातहत नहुँदा पनि समस्या आएको मन्त्री मगरले बताइन् । उनले थपिन्, ‘हामीले बोरिङ र ट्याङ्करको पानीको मात्र अनुगमन गरिरहेका छौं । जार र बोतलको पानी हाम्रो अधिकार क्षेत्रभित्र पर्दैन, त्यसलाई पनि खानेपानी मन्त्रालय मातहत ल्याएर शुद्ध खानेपानीको व्यवस्थापन गर्न हामीले प्रयत्न गरिरहेका छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा
४५ जिल्लामा भोलि गाडी नचल्ने, सार्वजनिक बिदा
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
एकैदिन नेपाल कम्युनिष्ट पार्टीका ११ कार्यकर्ता पक्राउ
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
सञ्चार सामग्रीसहित पत्रकारहरुको शान्तिपूर्ण प्रदर्शन भोलि
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको  उद्धार;
एयरलाइन्स र प्रहरीसँगको आर्थिक सेटिङमा टुरिस्ट भिसा,१५ नेपालीको उद्धार;
सुनको मुल्य आज कतिले बढ्यो ?
सुनको मुल्य आज कतिले बढ्यो ?
सन्दीप लामिछाने विरुद्धको मुद्धाको सुनुवाइ स्थगित
सन्दीप लामिछाने विरुद्धको मुद्धाको सुनुवाइ स्थगित
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !
प्रियंका र निककाे विवाह पक्का, निकले दिए ‘२ कराेड’ काे इंगेजमेन्ट रिङ् !
भारतमा इकोनोमिक काउन्सिलरका लागि सहसचिवको दौडधुप
भारतमा इकोनोमिक काउन्सिलरका लागि सहसचिवको दौडधुप
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार
धनराज गुरुङद्वारा कास्की २ बाट चुनाव लड्न अस्वीकार

तपाईंले छुटाउनुभयो कि?