मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
मासु काटमार गर्ने र किन्नेलाई ५० हजार जरिवाना, सुराकीलाई १५ हजार इनाम

सारांश

  • गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ ।
  • र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ ।
  • ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।

गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’, चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।

उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत पत्राचार गरिएको छ’, उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपन्छी किनबेच हुँदै–हुँदैन । छिमेकी वडाले पनि यसको देखासिकी गरून् भनेर पत्राचार गरेका हौं । यो नियमको गाउँपालिकाभरि प्रशंसा भएको छ ।’

चुमनुब्री–१ को सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ (पहिला सबै गाविस थिए) विगतदेखि काटमार निषेधित मानिन्छन् । तर, स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा हो ।

पछिल्लो समय पर्यटकीय क्षेत्र भएकाले होटलमा बाहिरी गाउँका व्यवसायी आएर लुकिछिपी काटमार र मासुको व्यापार, व्यवसाय गर्न थालेपछि नियम बनाउनुपरेको नाम्रुङका लाक्पाडुन्डुप लामाले बताए । ती गाउँमा एकाध इसाईबाहेक सबै बुद्ध धर्मावलम्बी बसोबास गर्छन् ।

उक्त क्षेत्रलाई हिंसामुक्त बनाउन मनास्लु संरक्षण क्षेत्र आयोजनाले पनि सघाएको छ । आयोजनाले सातवटै वडामा चोरी सिकारी निरुत्साहित गर्ने कार्यक्रम गर्दै आएको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए । उनका अनुसार अहिंसा अभियानलाई राष्ट्रियस्तरमै प्रचारप्रसार गर्न सहयोग गर्ने कार्यक्रम छ । अन्नपुर्ण पोष्टबाट

(sonoma.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकामा एक वर्षमै १ लाख २९ हजार सवारी साधन थपिए
उपत्यकामा एक वर्षमै १ लाख २९ हजार सवारी साधन थपिए
भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !
भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !
भरतपुरमा पुन मतदान गर्ने निर्वाचन आयोग को निर्णय सही कि गलत ? आफ्नो बिचार राख्नुस !
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रका मन्त्रीको नाम छान्ने जिम्मा
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः  प्रधानमन्त्री ओली
‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य पूरा गर्न नेपाल प्रहरीकाे भूमिका महत्वपूर्णः प्रधानमन्त्री ओली
२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव
२२ देशका प्रहरीलाई पछि पार्दै डिएसपी थापाले बढाए नेपालको गौरव
मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला
मन्त्रिपरिषद बैठक बस्दै, के निर्णय आउला
क्रिस्टियानो रोनाल्डोलाई १९ मिलियन युरो फाइन
क्रिस्टियानो रोनाल्डोलाई १९ मिलियन युरो फाइन
शान्तिदीपनेपालको सचेतना कार्यक्रम
शान्तिदीपनेपालको सचेतना कार्यक्रम
देउवाले खोजे संवैधानिक अंग देखि विश्वविद्यालयसम्म भाग
देउवाले खोजे संवैधानिक अंग देखि विश्वविद्यालयसम्म भाग

तपाईंले छुटाउनुभयो कि?